Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
    अर्जुनचौपारी गाउँपालिका

    पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत

    Syangja SandeshBy Syangja SandeshJanuary 28, 2025Updated:January 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ माघ । अर्जुनचौपारी गाउँपालिका १ पञ्चकन्या वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिर परिसरमा निर्माणाधीन नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा भरतराज पोखरेल चयन हुनुु भएको छ ।

    मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा समेत दिइ सबै वडालाई समेटेर ४५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नन्दकला तिवारी, सचिवमा लालबहादुर केसी, सहसचिवमा लोक कुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना ढकाल रहनु भएको छ ।

    यसैगरी, सदस्यहरुमा अर्जुन काफ्ले, चन्द्रकान्त अर्याल, दीपक सुनार, रुद्रबहादुर थापा, रेखकुमार रोका, हरि काफ्ले, युवराज गुरुङ, मैना थापा, सन्जु थापा, अन्जना शर्मा अर्याल, धुमराज गुरुङ, नवराज पौडेल, आई बहादुर गुरुङ, विजय गुरुङ, हुमनाथ देवकोटा लगायत रहनु भएको छ ।

    मन्दिरमा वर्षेनि दस हजार भक्तजन भित्र्याउने लक्ष्य लिएको र मन्दिरमा भक्तजनबाट उठेको भेटी, चन्दाले नवग्रह मन्दिर सहित यहाँका जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण तथा विकासमा खर्च गरिने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    पालिकालाई हिन्दु धर्मावलम्बीको केन्द्र बनाउने लक्ष्य सहित नयाँ धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको मन्दिरमा नवग्रह अन्र्तगत नौवटा भुजा रहने छ । १३ फिटको उचाइको पिल्लरमा नवग्रहका नौवटै मूर्ति रहनेछन् भने त्यसमाथि १४ फिटको उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको ग्रहको प्रतिमा रहने बताइएको छ । मन्दिर परिसर भित्र बन्ने षट्कोण र त्यसको पनि बीचमा पशुपतिनाथका जस्तै पञ्चमूखी शिवलिङ्ग राखिनेछ ।

    शिवलिङ्ग ७ क्वीण्टलको राखिने भएको छ । नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहने सुरुङको बाटोबाट बाहिर निस्कन मिल्ने गरि निर्माण गरिदैछ । निर्माणकार्य सकिएपछि मन्दिरमा गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमान लगायतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ ।

    हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्यमण्डालीय ग्रहको प्रतिमा हेर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाइनेछ । निर्माणकार्य अन्तिम चरणमा पुगेको र यस मन्दिरको अनुष्ठान कार्यक्रम फागुन ६ देखि १४ गतेसम्म रहने पालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.