स्याङ्जा २३ बैशाख । स्याङ्जाको चापाकोट नगर क्रिकेट संघद्धारा आयोजित पालिका स्तरीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि तिलोत्तमा नगरपालिकाले जितेको छ ।
बैशाख १६ गतेदेखि चापाकोटको गंगालाल माध्यमिक बिद्यालय खेलमैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा गृहनगर चापाकोट नगरपालिका ए लाई ४५ रनले हराउदै रुपन्देहीको तिलोत्तमाले उपाधी हात पारेको हो ।
नकआउट प्रणालीमा खेलाईको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो ।
एक सय ४५ रनको लक्ष्य पछ्याउदै खेलेको चापाकोट ए ले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा एक सय रन बनाउदै उपबिजेता बन्यो ।
उपाधिसंगै तिलोत्तमाले ५० हजार नगद सहित कप मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता चापाकोट ए ले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।
यसैगरी, खेलअबधिभरमा बेष्टबलर ११ विकेट सहित अनिष क्षेत्री (तिलोत्तमा), बेष्ट ब्यास्टम्यान शंकल्प बस्याल १०१ रन करादि (गल्याङ) र म्यान अफ द सिरिज विकल अधिकारी (तिलोत्तमा) १३४ रन ८ विकेट घोषित भएका भएका चापाकोट क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।
विजेता, उपविजेता सहित अन्य बिधामा उत्कृष्ठ खेलाडीलाई चापाकोट नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले पुरस्कार प्रदान गर्दै खेलले शारिरीक, मानसिक एवं आर्थिक स्वस्थ्यता कायम हुने जनाउदै खेलप्रति सबैको चासो बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
प्रतियोगितामा बिभिन्न जिल्लाकागरि १३ वटा पालिकाका १८ समूह सहभागि थिए।
