Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता वालिङमा सुरु
    वालिङ् नगरपालिका

    पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता वालिङमा सुरु

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2024Updated:October 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ कात्तिक । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारा सहित स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा वालिङ् खेलमैदानमा आज (शुक्रवार) देखि पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेश सांसद एवं लेखा समिति संयोजक भोजराज अर्यालले खेलकूदका गतिबिधि संचालन गर्नु पर्नेमा जोड दिनुभयो । खेलकूदका माध्यमबाट समाज तथा देशको विकास गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा सांसद कल्पना तिवारी, पूर्व सांसद मोहन रेग्मी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउपालिका अध्यक्ष खिमबहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, उदघाटन खेलमा पुतलीबजार र विरुवाले स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४÷२०८१ लिगमा विजयी सुरुवात गरेको छन् । प्रतियोगिताको पहिलो खेलमा पुतलीबजारले वालिङ्लाई २–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुतलीबजारले वालिङ्माथी २२–२५, २५–२३ र २५–१५ को अङकले जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच पुतलीबजारका सन्जु विक्रम शाह घोषित गरिएको छ ।

    यस्तै, दोस्रो खेलमा विरुवाले अर्जुनचौपारीलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । विरुवाले अर्जुनचौपारीमाथी २५–१९ र २५–१८ को अङकले सहज जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच विरुवाका संजोग परियार हुनुभयो ।

    लिग चरणपछि शीर्ष चारमा रहने टोली क्वाटर फाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिता कार्तिक ५ गतेसम्म छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वृतिय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।

    यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष विरेन्द्रजंग केसीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.