स्याङ्जा २६ असार । स्याङ्जाका लागि संघ सरकारले बिनियोजन गरेको पुँजीगतमा ७७ दशमलब ४५ प्रतिशत र प्रदेश सरकारको ८० दशमलब २० प्रतिशत रकम खर्च भएको छ ।
चालु खर्चमा पनि संघतर्फ ९६ दशमलब ४८ प्रतिशत छ भने र प्रदेशको ८१ दशमलब २३ प्रतिशत छ । संघ तथा प्रदेश सरकारबाट चालु आर्थिक बर्ष २०८१÷०८२ का लागि बिनियोजित बजेट अन्र्तगत आर्थिक कारोवारको अन्तिम बुधवार राती १२ बजेसम्मको तथ्यांक भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको जनाएको छ ।
आर्थिक बर्ष २०८१÷०८२ का लागि स्याङ्जामा संघीय सरकारले चालुतर्फ ८ अर्ब ६५ करोड ७८ लाख २९२ बिनियोजन गरेकोमा ७ अर्ब ७८ करोड, ११ लाख ८ हजार ७६४ रुपैंया खर्च भएको देखिएको छ ।
यसैगरी, संघकै पूँजीगततर्फ ११ करोड, ८२ लाख, ७४ हजार बिनियोजना गरेको थियो। सो रकम मध्ये ९ करोड १६ लाख ४ हजार ४७१ खर्च देखिएको छ।
प्रदेशको चालूतर्फ ८२ करोड २२ लाख ५८ हजार ६७७ रुपैंया बिनियोजन भएकोमा ६६ करोड ७९ लाख ४० हजार ६१४ खर्च भएको छ।
यसैगरी, प्रदेशको पुँजीगततर्फ बिनियोजन २ अर्ब २५ करोड ४० लाख ५० हजार मध्ये १ अर्ब ८० करोड ७७ लाख ५८ हजार ८८८ रुपैंया खर्च भएको प्रमुख कोष नियन्त्रक थमनारायण शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार, संघतर्फका लागि स्याङ्जबाट ६० करोड ७२ लाख ९६ हजार ९३२ र प्रदेशतर्फ १८ करोड ८९ लाख ७८ हजार ७७७ रुपैंया राजश्व संकलन भएको छ ।
यसैगरी, जिल्लामा ४४ करोड ६२ लाख रुपैंया फ्रिज भएको छ। गण्डकी प्रदेश अन्र्तगत रहेका पूर्वाधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ६२ लाख र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको ६६ लाख रकम फ्रिज भएको प्रमुख कोष नियन्त्रक शर्माले बताउनुभयो ।