Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
    पुतलीबजार नगरपालिका

    पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद

    Syangja SandeshBy Syangja SandeshSeptember 6, 2025Updated:September 6, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २० भदौ । १२ रबिउल औवल पैगम्बर मोहम्मद मुस्तफा सलल्लाहो अलैहे बस्सलमको १५०० औं जन्म जयन्तीको अवसर पारेर शुक्रवार स्याङजा बाडखोला मुस्लिम समाजले बहिरा बालबालिकाका लागि खाद्यान्न सहित नगद प्रदान गरेको छ ।

    पुतलीबजार नगरपालिका ३ स्थित समाज र सोही वडामा रहेको चण्डीकालिका बहिरा आवासिय बिद्यालयमा आश्रित बालबालिकालाई लक्षि गर्दै मुस्लिम समाजले चामल, दाल, चिनी, चाउचाउ, बिस्कुट, तेल लगायतका खाद्या्रन्न सहयोग गरेको हो ।

    पुतलीबजार बिज्ञ समितिका संयोजक एवं कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल र समाजका अध्यक्ष अलि मिया (मुमु) लगायतका पदाधिकारीले खाद्यान्न सहित बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मिया र प्रधानाध्यापक साबित्री शर्मालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

    इस्लाम धर्मालम्बीले नेपाल सहित आजका दिन विश्वभर मनाईदै आएको धर्म गुरुको जन्मजयन्तीको शुभकामना दिदै सामाजिक तथा मानव सेवा भन्दा अन्य ठूलो केही सेवा नहुने बताउनुभयो ।

    सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बिज्ञ संयोजक लम्सालले नगरपालिकाभित्र रहेको एक मात्र बहिरा बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आउदा दिनमा पनि आवश्यक सहयोग गर्नेैे बताउनुभयो ।

    बहिरा बालबालिकाको उज्वल भविष्यका लागि सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा उहाले जोड दिनुभयो । सोही कार्यक्रममै संयोजक लम्सालले सोही बिद्यालयमा अध्ययरत बिद्यार्थीका लागि ५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री समेत उपलब्ध गराउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश मुस्लिम संघका सभापति शा मोहम्मद मिया, गण्डकी प्रदेश इत्तेहाज संगठनका अध्यक्ष शेर अलि, बाडखोला मुस्लिम समाजका निवर्तमान अध्यक्ष सैसुद्धिन मिया, सल्लाहकार अलि मोहम्मद, रेडियो स्याङ्जा टेलिभिजनका ब्यवस्थापक रमेश गोदार लगायतले शुभकामना सहित बहिरा बालबालिकाको शिक्षा, दिक्षा, लालनपालनमा सबैको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा निवर्तमान अध्यक्ष सैसुद्धिन मिया र इत्तेहाजका अध्यक्ष शेर अलिले पनि जनही ५÷५ हजार नगद सहयोग प्रदान गर्नुभएको थियो ।

    स्याङजा बाडखोला मुस्लिम समाजका अध्यक्ष अलि मिया (मुमु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि एवं बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमिर वक्स मियाले बिद्यालयका गतिबिधि सहित स्वागत एवं सचिव अयूव मियाले संचालन गर्नुभएको थियो ।

    विस २०६६ सालमा स्थापित पुतलीबजार नगरपालिका ३ स्थित बहिरा आमाविमा २६ जना बिद्यार्थी अध्ययरत छन् । बिद्यालय भवन निर्माणकालागि अमिरबक्स मिया, अलि मोहम्मद र बेलकुमारी शाहीले निशुल्क जग्गा उपलब्ध गराएपछि बिद्यालय सहित आवासिय भवन बनेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.