Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    पुतलीबजार नगरपालिका

    पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस

    Syangja SandeshBy Syangja SandeshNovember 29, 2024Updated:December 3, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १४ मंसिर । स्याङ्जामा पहिलो पटक महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर सो दिवस मनाइएको हो ।

    जिल्लामा महिलाका अवस्था, मानवअधिकारकर्मीका काम, कर्तब्य अधिकार, चुनौती र आवश्यकताका बारेमा अन्र्तक्रिया गरिएको थियो ।

    कार्यक्रममा बोल्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले महिला हिंसाको अन्त्य गर्न महिला मानवअधिकारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले अझैंपनि समाजमा महिलामाथि शारिरिक र मानसिक हिंसा हुनुको साथै सामाजिक तथा साँस्कृतिक रुपले विभेद कायम रहेको बताउनुभयो ।

    महिला मानवअधिकार कर्मीले नै महिलाको पिडा बुझ्ने भएकोले लैंगिक हिंसाको अन्त्यको लागि सबै महिला मानवअधिकारकर्मीसँग स्थानीय सरकार हातेमालो गर्न तयार रहेको उहाले भन्नुभयो ।

    कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकहरुले समाजका कुरीति विरुद्ध आवाज उठाउँदा विभिन्न आरोप लाग्ने गरेको, महिलालाई हेर्ने दृष्टिकोण अझै सकरात्मक ढंगबाट परिवर्तन नभएको र राज्यले महिला अधिकार कर्मीलाई उपेक्षा गरेको बताउनुभयो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मात्रै नभएर अन्य बेलामा समेत महिला मानवअधिकार रक्षकले राष्ट्रहित, लोकतन्त्र एवं सामाजिक रुपान्तरणका लागि गरेको योगदान, संघर्ष प्रति उच्च सम्मान गर्दै आगामी दिनहरुका महिला मानवअधिकार रक्षकको क्षमता विकासका लागि थप कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    प्रत्येक वर्ष नोभेम्बर २९ तारिखका दिनमा महिला मानवअधिकार रक्षकको अन्तराष्ट्रिय दिवस मनाइने गरेकोमा स्याङ्जामा पहिलो पटक लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सामाजिक विकास कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो ।

    महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल स्याङ्जाका उपाध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका प्रशिक्षक अधिकृत दोर्णप्रसाद पनेरुले गर्नुभएको थियो । कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल स्याङ्जाका पदाधिकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.