Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    वालिङ् नगरपालिका

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    Syangja SandeshBy Syangja SandeshOctober 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कात्तिक । वालिङ् नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयन गरिएको छ । वालिङ नगरपालिका १० फूलबारीमा स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालय र वालिङ १० भकुण्डेमा रहेको न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा नर्सरी स्थापना गरी विरुवा उत्पादन गरिएको छ ।

    सहकारीले नर्सरी बनाई विभिन्न जातका बिरुवा उत्पादनका लागि आर्थिक सहयोग सहित बजारीकरणको जिम्मेवारी लिएको सहकारीका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । सहकारीले नाफाका लागि मात्र नभई सीप सहित आय आर्जनसँग जोड्नकालागि उत्प्रेरणा प्रदान गर्न बिद्यालयसंग सहकार्य गरेको उहाको भनाई छ । उत्पादन भने विद्यालय र विद्यार्थीले नै गर्नुपर्ने छ ।

    बिद्यालयमा मौसमी तथा बेमौसमी तरकारीका र फलफूलका बिरुवा सहकारीले बजारीकरण गर्दै आएको छ । बिक्री भएको मध्ये नाफाको ७० प्रतिशत विद्यार्थीलाई र ३० प्रतिशत सहकारी र विद्यालयलाई उपलब्ध गराईने अध्यक्ष खनालको भनाई छ ।
    विद्यार्थीले विद्यालयमा सिकेको सीपलाई घरमा पनि उपयोग गर्दै ब्यावसायिक बन्न सहयोगी हुने विश्वास लिएको जनाउदै यस्तो अभ्यास संभवत जिल्लामै पहिलो भएको उहाले बताउनुभयो ।

    विद्यालयमा सञ्चालित बाली विज्ञान कक्षामा अध्ययनरत कक्षा ९ का विद्यार्थी तथा प्राविधिक शिक्षकहरुको सहजीकरणमा बिरुर्वा उत्पादन गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले जानकारी दिनुभयो ।

    “कृषिमा आधुनिक प्रविधिको प्रयोग मार्फत विद्यालय परिसरमै नर्सरी स्थापनागरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूलका बिरुवाहरु उत्पादन गर्न थालेका छौं” उहाले थप्नुभयो, “विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान सिक्ने र त्यसलाई घर तथा समुदायमा पनि प्रयोगमा ल्याई उद्यमशीलताको विकास गर्नमा सहयोग पुग्ने अपेक्षा छ ।”

    विद्यार्थीले काउली, ब्रोकाउली, बन्दा लगायतका बेर्ना उत्पादन गरेका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिंदै च्याउ तथा अन्य नगदेबालीका कार्यक्रमहरु विस्तार गर्ने तयारीमा रहेको बिद्यालयले जनाएको छ ।

    पहिलो चरणमा यसै शैक्षिक सत्रबाट सुरु भएको नर्सरीलाई आगामी दिनहरुमा थप ब्यवस्थित गरी विस्तारगर्दे अघि बढाईने प्रअ लम्सालको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.