Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    Syangja SandeshBy Syangja SandeshJuly 14, 2025Updated:July 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २९ असार । क्रिकेटर सन्दीप लामिछानेको जन्मस्थान स्याङ्जाको आरुचौरमा क्रिकेट खेलमैदान बनाउन सुरू गरिएको छ । निर्माणाधीन खेल मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ ।

    अर्जुनचौपारी गाउँपालिका –५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछाने र उनको क्रिकेट खेलप्रति सम्मान गर्दै सोही वडाको थाप्लेमा गाउँपालिकाले क्रिकेट खेलमैदान बनाउन सुरू गरिएको हो ।

    खेलमैदान निर्माणमा गाउँपालिकाको लगानी सहित स्थानीयबासीको जनश्रमदान रहेको छ । समुन्द्र सतहदेखी झण्डै २ हजार मीटर उचाईको समथर भूभागमा क्रिकेट मैदान बन्ने भएको छ। जुन यसअघि सार्वजनिक गौचरनका रुपमा प्रयोग हुदै आएको थियो ।
    खेलमैदानको बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ। राष्ट्रियस्तरको खेलमैदानका लागि आवश्यक पर्ने मापदण्डलाई ध्यान दिदै निर्माण कार्यमा जुटेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    क्रिकेट खेलाडीका प्रतिभा पहिचान गर्नुका साथै खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका रहने विश्वास लिइएको छ । देश तथा विदेशमा आफनो र नेपालको नाम चिनाउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले पनि क्रिकेट मैदान बनाउन थालिएको हो। बर्षा सकिएसंगै खेलमैदानलाई पूर्णता दिनेछौं उहाले बताउनुभयो ।

    क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने योजना अध्यक्ष तिवारीले सुनाउनुभयो । जुन पर्यटकीय स्थल पनि हो। थाप्लेमा एशियाकै ठूलो बुद्ध मूर्ति छ भने करिब आधा घण्टाको दुरीमा एशियाकै नमूना गाउँ शिरुवारी पनि पर्दछ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेको योगदान र क्षमताको कदर गर्दै आउदा पिढींका लागि उत्प्रेरणा जगाउने उदेश्यले खेलमैदानको परिकल्पना गरिएको छ । खेलसंगै पर्यटनलाई पनि संगसंगै जोडेर अघि बढाउन सकिने उपाध्यक्ष सपना गुरुङ्को भनाई छ ।

    यसैगरी, अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठयक्रममा पनि क्रिकेटर लामिछानेको जीवनी बारे समावेश गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.