Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    पुतलीबजार नगरपालिका

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    Syangja SandeshBy Syangja SandeshJuly 15, 2025Updated:July 15, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असार । सत्य श्री साईबाबाको एक सय बर्ष अवतरणको अवसर पारेर सोमबार स्याङ्जामा निबन्ध प्रतियोगिता सहित साईभजन र शुभकामना आदानप्रदान गरिएको छ । सबैलाई माया गर, सबैको सेवा गर भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता गरिएको थियो ।

    सत्य श्री साई केन्द्र गण्डकी प्रदेशको आयोजना र सत्य श्री साई केन्द्र स्याङ्जा ब्यवस्थापनमा गरिएको सो प्रतियोगितामा पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालयका शौरबी लम्साल प्रथम हुनु भएको छ । लम्साल प्रदेश स्तरीय निवन्ध प्रतियोगितामा पनि द्धितिय हुनु भएको हो ।

    यसैगरी, पुलतीबजार ५ शितला माविका किस्मिता कार्की द्धितिय, पुतलीबजार ४ रामकोष फुलबारी र पुतलीबजार ९ कोल्मा बराहचौरका सामना गौतम र अग्रीता गुरुङ तृतीय हुनुभएको छ ।

    यसैगरी, जिल्लामा प्रथम र गण्डकी प्रदेशमा द्धितिय हुन सफल भएकोमा लम्साल अध्ययरत बिद्यालय र प्रधानाध्यापक प्रेमप्रसाद पौडेललाई पनि सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

    पुतलीबजार शाखामा आयोजित प्रतियोगितामा बिभिन्न बिद्यालयकागरि १८ जना छात्रछात्रा सहभागि थिए ।

    उहाँहरु सबैलाई सत्य साई केन्द्र गण्डकी प्रदेश अध्यक्ष रंगनाथ रेग्मी, उपाध्यक्ष शम्भु कार्की, सेवा संयोजक सुवास साइराम, वेद संयोजक विवेक लामा, स्याङ्जाका अध्यक्ष सन्तोषी श्रेष्ठ र पूर्वअध्यक्ष राजकुमारी गुरुङले नगद सहित सम्मान पत्रद्धारा पुरस्कार प्रदान गर्नुभएको छ ।

    पुरस्कार प्रदान गर्दै अध्यक्ष रेग्मीले मानवमूल्य जीवनको पहिचानका लागि आध्यामिक क्षेत्रको ज्ञान हुनु जरुरी रहेको बताउनुभयो । ब्यवस्त जीवनका केही समय आध्यामिकतातर्फ ध्यान दिन सकेमा मानसिक एवं शारीरिक स्वस्थ्यता प्राप्ती हुने उहाले भन्नुभयो ।

    सोही कार्यक्रममा प्रधानाध्यापक प्रेमप्रसाद पौडेल, सत्य साई केन्द्रका पूर्वअध्यक्ष राजकुमारी गुरुङ लगायतले सत्य साई बाबाका अदभूत शक्तिका बारेमा चर्चा एवं जानकारी गराउनु भएको थियो ।

    केन्द्रका अध्यक्ष सन्तोषी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश महिला उपसंयोजक एवं सत्य साई केन्द्र वालिङ शाखाका बाल गुरु दुर्गा न्यौपानेले गर्नुभएको थियो ।

    झण्डै एक महिनाअघि गरिएको प्रतियोगिताको कपी शिल गरेर प्रदेशमा पठाइएको र प्रदेशबाट मूल्यांकनगरि नतिजा पठाएपछि सोमबार पुरस्कृत एवं सम्मान गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.