स्याङ्जा २९ मंसिर । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याललाई पुत्रशोक परेको छ ।
स्याङजाको वालिङ नगरपालिका निवासी नेता अर्यालका जेठा छोरा माधव अर्याल ‘मुक्ति’ को सोमबार निधन भएको छ । ३८ वर्षीय माधवको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । माधव पछिल्लो समय जापानमा थिए । जन्डिसबाट बिरामी भएपछि उहा करिब ५ महिनाअघि नेपाल फर्किएर उपचारमा थिए ।
मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन छन । र उहाका बुबा भोजराज सहित आमा भगवती अर्याल, भाइ मिलन र बहिनीहरू मनीषा तथा ममता ।
माधवको शव पोखराबाट स्याङ्जाको वालिङस्थित निवासमा पुरयाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि रामदी घाटमा अन्तिम संस्कार गरिएको छ ।
