Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालकै पहिलो नबग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारीमा
    अर्जुनचौपारी गाउँपालिका

    नेपालकै पहिलो नबग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारीमा

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2025Updated:February 12, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० माघ । अर्जुनचौपारी गाउँपालिका १ पञ्चकन्या देवी मन्दिर परिसरमा नवग्रह मन्दिर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

    नेपालमै पहिलो निर्माणाधिन नबग्रह मन्दिरको फागुन ६ गतेको उत्तम साईतमा नवग्रहमा प्राणप्रतिष्ठा तथा अनुष्ठानका बिधि शुभारम्भ गरिने अर्जुनचौपारीका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    अध्यक्ष तिवारीका अनुसार, ‘ग्रहका गुरु मानिने वृहस्पति हरेक राशिमा १२ वर्ष रहने हुँदा १ सय ४४ वर्ष अघिदेखि सुरु भएको एकचक्र यस अवधिमा पूरा गरी अर्को राशिमा प्रवेश गरेकाले वृहस्पतिको सोही राशि परिवर्तनले निकै ठूलो धार्मिक अर्थ रहने छ ।’

    यो समय धार्मिक तथा नयाँ कामको सुरुवातका लागि उत्तम समय रहेकाले यसै समयलाई सदुपयोग गर्दै पालिकाले नवग्रह मन्दिर निर्माण कार्यलाई तिब्रता दिएको जनाएको छ। नवग्रहको रुपमा पुजा गर्ने मन्दिर नेपालमा नभएको उहाले बताउनुभयो ।

    धार्मिक एवं पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य सहित नवग्रह मन्दिरमा ९ दिनसम्म बिभिन्न धार्मिक कर्म, बिधी, गीता पाठ, अनुष्ठान सहित मनाइने भएको छ। गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमान पञ्चकन्या देवीका पूजा भनेको नवग्रहको पूजा हो ।

    एक सय ५७ रोपनी अर्थात् ८ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ। मन्दिरमा नौवटा भुजा राखिन्छ । पाँच फिटको उचाईमा नवग्रहका नौ मूर्ति राखिनेछ। त्यसमाथि उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको सौर्य मण्डालीयको प्रतिमा रहनेछ । मन्दिर परिसरभित्रे नौ वटा वृत्त बीचमा रहनेछ ।

    मन्दिर परिसरमा षट्कोण र त्यसको बीचमा पशुपतिनाथका जस्तै ७ क्वीण्टलको पञ्चमूखी शिवलिङ्ग राखिने अध्यक्ष तिवारीले जानकारी दिनुभयो । बर्षदिनमा एकपटक आउने गणेश चतुर्थीका दिन र प्रत्येक साताको शनिबार मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाईने भएको छ ।

    फागुन १४ गते महाशिवरात्रीमा सम्पन्न हुनेगरी आयोजना गरिएको नवग्रह मन्दिर अनुष्ठान र गीता ज्ञानले मानवजातीको रक्षा, कर्मसिद्धी, मनोकामना पुरा सहित मोक्षप्राप्ति हुने जनविश्वास छ ।

    नबग्रह मन्दिर भारतको असाम स्थित चित्रसालको पहाडमा रहेको भनाई छ। तर, नेपालमा भने पहिलो पटक बनाउन लागिएको नवग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बनाउन लागेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । यहाँ निर्मित मन्दिर विश्मै पहिलो र फरक भएको उहाको दाबी छ ।

    अहिलेसम्म १८ लाख ५० हजार खर्च भएको छ । प्रदेश सरकारको ४० लाख रुपैंया बिनिजोजन भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले जानकारी दिनुभयो । नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि तल्लोभाग सुरुङ मार्गहुदै बाहिर निस्कन सकिनेगरि बनाइएको छ। क्रमागतरुपमा निर्माण गरिने मन्दिरलाई अर्जुनचौपारीले बिशेष धार्मिक एवम् पर्यटकीय केन्द्रविन्दुको रुपमा विकास गर्ने लक्ष्य लिएकोे उपाध्यक्ष सपना गुरुङको भनाई छ ।

    नेपालकै पहिलो नवग्रह मन्दिरमा नवग्रह अनुष्ठान, १ करोड २५ लाखबात्ती प्रज्वलन, गायत्री हवन, चार वेद, गीता पाठ सहित देश तथा विदेशका गुरुहरुका प्रवचन सहित धार्मिक महोत्सवको अन्तिम तयारीमा जुटेको चैतन्यकृष्ण महाराजजीले जानकारी दिनुभयो ।

    हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्य मण्डालीय ग्रहको प्रतिमा पुजा गर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाइनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.