स्याङ्जा ४ असोज । नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यीय कार्य समिति गठन गरेको छ । स्वतन्त्र सेनानी ताराप्रसाद सुवेदीको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा टीकाराम ढकाल, सचिवमा लक्ष्मण भट्टराई, कोषाध्यक्षमा भक्तबहादुर मल्ल रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा रामकृष्ण अधिकारी, जीवलाल काफ्ले, बोधराज रेग्मी (गोविन्द), दीर्घनारायण अर्याल, अम्विकादेवी पौडेल, रामनाथ शर्मा, मेघबहादुर खड्का, हिरण्य आचार्य, खगराज भट्टराई, गीता भट्टराई, कर्मवीर नेपाली, ओमनाथ शर्मा र रामबहादुर आले चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिलाई नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति विश्वप्रेम अधिकारीले प्रजातन्त्र प्राप्तीका लागि उहाँहरुका योगदान अतुलनीय रहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले सधैभरी उहाहरुका भोगाईलाई स्मरण गरिरहने बताउनुभयो । राजनीतिक व्यवस्था परिवर्तनमा प्रजातान्त्रिक सेनानीहरुको ठुलो भुमिका रहेको बताउनुभयो । उहाँहरुको भुमिकालाई नेपाली काँग्रेसले सधै उच्च सम्मान गनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश पूर्वसांसद भागवतप्रकाश मल्ल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी लगायतले शुभकामना एवं बधाई मन्तब्य ब्यक्त गर्नु भएको थियो । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।