Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालकालागि भारतको सहयोग जारीरहने छ — प्रथम सचिव सिंह
    गल्याङ् नगरपालिका

    नेपालकालागि भारतको सहयोग जारीरहने छ — प्रथम सचिव सिंह

    Syangja SandeshBy Syangja SandeshOctober 28, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० कात्तिक । भारतीय राजदुतावास नेपालका प्रथम सचिव अबिनासकुमार सिंहले नेपालका लागि भारतले सधैभरी सहयोग गर्ने बताएका छन् । दुई देशको साझा हित र सम्बन्धको बढावा दिदै अघि बढेको उहाले जोड दिनुभयो ।

    गल्याङ् सामुदायिक स्वास्थ्य केन्द्रको संयुक्तरुपमा शुक्रवार उदघाटन गर्दै उहाले नेपालको हरेक विपत्ती तथा आवश्यकतामा भारतले सहयोग गर्दै आएको जनाउनुभयो । नेपालको भारत पहिलो समर्थनकर्ता देश पनि भएको जनाउदै कोरोना, बाढी पहिरा, भूकम्प लगायतमा पनि भारत सरकारको सहयोग रहेको उहाले औल्याउनुभयो ।

    नेपालको स्वास्थ्य, शिक्षा, सिंचाई, सडक, खानेपानी, संस्कृति र सामाजिक विकास लगायतका विकासमा भारतीय सहयोग हिजो पनि रहेको र आगामी दिनहरुमा पनि रहिरहने प्रतिबद्धता जनाउनुभयो ।

    सन् २००३ बाट हाई इम्प्याक्ट कम्यूनिटी प्रोजेक्ट मार्फत भारत सरकारले ५ करोडबाट सुरु गरेको परियोजना हाल २० करोड पु¥याइएको पनि उहाले जानकारी दिनुभयो । सोही परियोजना मार्फत नेपालमा ५ सय ६३ परियोजनामा संचालनमा रहेको जानकारी गराउदै गण्डकी प्रदेशभर ५९ वटा र तनहुँमा ६ वटा परियोजना रहेको जानकारी गराउनुभयो ।

    गणतन्त्र दिवस पारेर भारतले नेपालका सामुदायिक बिद्यालयमा १ सय ३ वटा बस र १ हजार ९ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको जानकारी दिनुभयो । गण्डकी प्रदेशमा १ सय १९ एम्बुलेन्स र बिद्यालयका लागि ४० वटा बस दिइएको छ । ती मध्ये स्याङ्जामा १६ एम्बुलेन्स र ४ स्कुल बस रहेको सचिव सिंहले भन्नुभयो ।

    यसैगरी, अस्पतालको सचिव सिंह, जिसस प्रमुख श्रीप्रसाद घर्ति, नगरप्रमुख गुरुप्रसाद भट्टराई, गल्याङ् सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो ।

    जिल्लाको तल्लो भूभागका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालको स्तरोन्नतीसंग ५० शैयाका बनाउनु पर्नै, दक्ष चिकित्सक र आधुनिक उपकरणको समेत ब्यवस्थापन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिको भनाई छ ।

    बि.सं २०६८ सालमा समाजसेवी लालगोपाल अर्यालको नेतृत्वमा भारतीय भूतपूर्व सैनिकको समन्वयमा गल्याङ् नगरपालिका ३ बल्पुकमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

    नेपाल र भारत सरकारको सहयोगमा झण्डंै ५ करोडको लगानीमा गल्याङ नगर अस्पताल निमार्ण गरिएको हो। हाल १५ शैयाको अस्पतालवाट स्याङजा, पर्वत, पाल्पा, गुल्मी जिल्लाका छिमेकी वडाबासीहरु लाभान्वित हुदै नगरप्रमुख गुरुप्रसाद भट्टराइले जानकारी दिनुभयो । अस्पताल २० रोपनी क्षेत्रफलमा छ । अस्पताल सुबिधा सम्पन्न ३ तलाको छ ।

    दैनिक सरदर २ सय जनाले उपचार सेवा लिइरहेको जनाउदै अस्पतालमा बहिरंग, मातृशिशु सेवा, प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे तथा इमर्जेन्सी सेवा दिदै आएको छ। अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा उपलब्ध गराउदै आएको गल्याङ् सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो । अस्पतालमा ३ जना एमविविएस डाक्टर सहित ३७ जना करारमा सेवारत अन्य स्वास्थ्यकर्मी सहितका कर्मचारी कार्यरत छन् ।

    सोही कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, भूतपूर्व सैनिक संघ केन्द्रिय सदस्य लिलासिंह राना, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चन्द्र राना, नेकपा एमाले नगर अध्यक्ष दानबहादुर थापा, राप्रपा क्षेत्रीय अध्यक्ष धर्मागत न्यौपाने, गल्याङ् ३ का अध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले ग्रामिण भेगमा दुखजिलो गर्ने विपन्न परिवारका लागि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले समयानुकुल सेवा सुबिधा उपलब्ध गराउनेगरी काम गर्नु पर्नेमा जोड दिदै अस्पतालको स्तरोन्नतीका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

    अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालगोपाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ ३ अध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वागत, उपाध्यक्ष प्रेम थापाले धन्यवाद एवं सचिव महेन्द्र श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    यसैगरी, गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रले आफनो सम्पूर्ण जिम्मेवारी गल्याङ् नगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्रका अध्यक्ष अर्यालले नगरप्रमुख भट्टराईलाई चावी प्रदान गर्दै हस्तान्तरणको घोषणा गर्नुभएको हो ।

    अस्पताल निर्माणका लागि बुटवल पावर कम्पनी सहित ७ जना ब्यक्तिले जग्गा उपलब्ध गराएको भन्दै सम्मान गरिएको छ । कम्पनीका प्रमुख डोलप्रसाद खरेल, सहित एकदेव बस्याल, खिमानन्द बस्याल, बीना बस्याल, नमकला बस्याल, इश्वरी बस्याल, शिवलाल बस्याल र बालकृष्ण बस्याल रहनु भएको छ ।

    सोही कार्यक्रममा प्रथम सचिव सिंहले गल्याङ तथा कालीगण्डकीबासीले माग गरेका सिंचाई र खानेपानी सम्बन्धी परियोजना निर्माणमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.