स्याङ्जा २१ पुस । नेपाल विद्यार्थी संघ वालिङ नगरको दोस्रो अधिवेसनले बादल लामिछानको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन गरिएको छ ।
समितिको उपसभापतिमा यादव पौडेल, खगेन्द्र रेग्मी(सुरज), सचिवमा सगुन बुढाथोकी, साजन भुषाल, सह—सचिवमा जीवन पाठक, कोषाध्यक्षमा समुन्द्र काफ्ले र सह—कोषाध्यक्षमा सुमन अर्याल चयन हुनु भएको छ ।
अधिवेसनमा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नेविसंघ काँग्रेस पार्टीको मेरुदण्ड भएको बताउदै नेपाली काँग्रेसलाई बलियो बनाउन नेविसंघको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । पार्टीलाई क्रियाशिलता बनाउन नेविसंघले आफ्नो क्रियाशिलता बढाउन आवश्यक रहेको सभापति पाण्डेले जोड दिनुभयो ।
अधिवेसनमा नेविसंघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ्, नवनिर्वाचित सभापति बादल लामिछाने, नेविसंघ वालिङ बहुमुखी इकाई समितिका सभापति निरज श्रेष्ठ लगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै सरकारले अब हरेक क्याम्पसमा व्यवसायीक सिप मुलक शिक्षा कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिनुभयो ।