Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवरात्रको छैटोै दिन कात्यायनीदेवीको पुजाआजा गरिदै
    समाचार

    नवरात्रको छैटोै दिन कात्यायनीदेवीको पुजाआजा गरिदै

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2024Updated:October 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ असोज । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

    यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो ।

    कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ । देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए ।

    उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए । उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए । ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए । उहाको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन् । भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् ।

    केही समयपछि जब महिषासुर नामक राक्षसको अत्याचार बढ्दै गयो । त्यतिबेला नै त्रिदेवले आफ्नो आफ्नो तेज र प्रतापको अंश दिएर ती देवीको उत्पत्ति गरेका थिए । अश्विन कृष्ण चतुर्दशीको दिन कात्यायनकी पुत्रीको रुपमा देवीको जन्म भएको थियो । ऋषि कात्यायनले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमीको तीन दिनसम्म भगवती पराम्बराको विधिपूर्वक पूजा गरेका थिए । सोही पूजाको प्रसाद खाएर दशमीको दिन कात्यायन देवीले महिसासुरमाथि विजय हाँसिल गरेको पौराणिक कहानीमा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.