स्याङ्जा ३० चैत । पुतलीबजार नगरपालिका ३ रानिस्वारामा नवनिर्मित देउराली मन्दिर र प्रतिक्षालयको उदघाटन गरिएको छ ।
चैतको पुर्णिमाको अवसर पारेर नगर प्रमुख तुलसीराम रेग्मीले मठमन्दिर सहित प्रतिक्षालयको उदघाटन गर्दै ऐतिहासिक कला, संस्कृतिलाई जोगाइ राख्नु सबै नागरिकको जिम्मेवारी भएको बताउनुभयो ।
परापुर्बकालदेखि हरेक बर्षको बैशाख पुर्णिामामा मरासिनी थरकाले पानी परोस भनेर र कातिक पुर्णिामामा रेग्मी थरकाले असिना पानी नपरोसस भनेर मेडा सहित पन्चवली चढाउने परम्परा रहदै आएको आफुले सुने जानेको जनाउदै कला, संस्कृतिको संरक्षणका लागि नगरपालिकाले सहयोग गरेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा वडा सदस्यहरु अमिर बकस मिया , सोमबहादुर कुवर, महिला नेतृ सीता गोदार ,समाजसेवी नर बहादुर गोदार, केदार प्रसाद उपाध्यायले देउरालीको एतिहासिक महत्वको बारेमा प्रकाश पार्दै पुराना मठमन्दिर संरक्षणमा जनप्रतिनिधिले पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो ।
निर्माण समितिका अध्यक्ष टंक प्रसाद रेग्मी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा रानिस्वारा टोल बिकास सस्थाका अध्यक्ष चोलाकान्त उपाध्ययले स्वागत र स्थानीय समाजसेवी लेखनाथ शर्माले सन्चालन गर्नुभएको थियो ।
नुवाकोट काला भैरब मन्दिर नजिक गणेशमान मार्गमा पर्ने मठमन्दिर प्रतीक्षालय निर्माणका लागि पुतलीबजार नगरपालिकाले एक लाख ५० हजार र स्स्थानियको १ एक लाखको लागतमा निर्माण कार्य भएको निर्माण समितिले जनाएको छ ।