Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवदुर्गाको सातौं दिन गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याइदै
    समाचार

    नवदुर्गाको सातौं दिन गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याइदै

    Syangja SandeshBy Syangja SandeshOctober 11, 2024Updated:October 11, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २४ असोज । आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

    गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाले बताउनुभयो ।

    हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो ।

    राजतन्त्रकालमा रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    यस वर्ष पनि संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.