स्याङ्जा २० माघ । गण्डकी प्रदेश स्तरीय नेपाल मुस्लिम संघमा निर्वाचित कार्यसमितिले पोखरामा पदस्थापना गरेका छन् ।
पदस्थापन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति सुक्रराज शर्माले प्रमाणपत्र प्रदान गर्दै कार्य सफलताको शुभकामना दिनुभयो । नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघका हक, हित र अधिकारका पक्षमा नेपाली कांग्रेस अग्रपंक्तिमा उभिएको बताउनुभयो ।
सबै जातजाती, धर्म, संस्कृतिको रक्षा, सम्बद्र्धन र प्रवद्र्धनमा नेपाली कांग्रेसको उदेश्य रहेको जनाउदै सबै मुस्लिम समुदायकलाई एकाकारगरी अघि बढ्नु पर्नेमा सभापति शर्माले जोड दिनुभयो ।
कांग्रेसका जिल्ला सचीव नबिन सिग्देल, नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष सनम बेगम, केन्द्रीय सचीव हा.सराफत अली, केन्द्रीय सदस्य अब्दुल जलील स्याङजाका अध्यक्ष अली मिया, पर्वतका अध्यक्ष अस्गर अली, लगायत हुसैन मिया, शेर अलि उद्योग वाणिज्य संघ स्याङजाका प्रथम उपाध्यक्ष शाह खालिद मिया, कांग्रेसका प्रदेश प्रतिनीधी नरेन्द्र शर्मा, गोविन्द भण्डारी लगायत लगायतले शुभकामना एवं बधाई ब्यक्त गर्नुभएको थियो ।
प्रदेश सभापति हा.शाह मोहम्मद मियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अब्दुल मजिदले स्वागत एवं सचिव द्वय अमिना बेगम र जमिल मियाले संचालन गर्नुभएको थियो ।
यसैगरी, बिभिन्न राजनीतिक दल त्यागडगरि आउनु भएका अफ्साना खातुनले नेपाली काग्रेसको सदस्यता लिनु भएको थियो ।
कार्यक्रमपछि आयोजित बैठकले प्रदेश समितिमा ११ जना मनोनीत गरेको छ । गत साता रुपाकोटका आगलागी पिडीतलाई संघको तर्फबाट आर्थिक सहयोग गरिएको सभापती मियाले जानकारी दिनुभयो ।
यसैगरी, मुुस्लिम संघका गण्डकीका सभापतिमा पुन ः स्याङ्जाका हाजी शाह मोहम्मद मिया निर्वाचित हुनु भएको थियो । यो उहाको दोश्रो कार्यकाल पनि हो ।
यसैगरी, बरिष्ठ उपसभापती अब्दुल मजिद र उप–सभापती सलातो दिन मिया, सचिव अमीना बेगम र जमिल मिया, सह सचिव ईक्बाल अली र हा.मोहम्मद मिया, कोषाध्यक्ष जुनैज अहमद निर्वाचित हुनु भएको हो ।
सदस्यहरुमा मोहम्मद हुसैन मिया, सायरा खातुन मिया, मसिनी मिया, अब्दुल हकीम, फरीदा बानु, सैजुन मिया, मोहम्मद करीम मिया, मुनिर अन्सारी, मो.आजाद मिया, कुदरत अली, हा.अहमद मिया, बाबुदीन मिया, फारुक शाह, मो.शाहीद मिया, मोहम्मद मिया रहनु भएको छ ।
यस्तै, हा.जुम्मदीन मिया, अफ्साना खातुन, नजीर मिया, तैयुब मिया, समीम अली,कमुर दिन मिया, सजीना खातुन, हाजी रहीमुल्ला मिया, मो.युदीन मिया, कमुर दिन मिया, फैसल खानलाई मनोनित गरिएको गण्डकी प्रदेश नेपाल मुस्लिम संघले जनाएको छ ।