Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    समाचार

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ भदौ । स्याङ्जाका पालिकाहरुले गर्दै आएको स्वमुल्याङ्कनको तथ्याङ्कमा सुधार देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ८० दशमलब १८ अंक ल्याएका जिल्लाका पालिकाहरुले हालै प्रकाशित नतिजा अनुसार २०८०÷०८१ मा गरेको स्वमुल्याङ्कनमा ८८ दशमलब ८६ अंक प्राप्त गरेका छन् ।

    स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा उत्कृष्ट तिनमा परेको अर्जुनचौपारी जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामध्ये पहिलो बन्न सफल भएको छ । पछिल्लो नतिजा अनुसार अर्जुनचौपारी देशभरका ७५३ पालिकामध्ये उत्कृष्ट तिन गाउँपालिकामा पर्न सफल भएको हो ।

    आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा देशकै तेस्रो जिल्लाको पहिलो भएको अर्जुनचौपारीले ९८ अंक प्राप्त गरेकोमा अघिल्लो नतिजामा ९४ अंक ल्याएको थियो । हालैको नतिजामा जिल्लामा दोस्रो भएको फेदीखोला गाउँपालिकाले ९४ दशमलब ५ अंक प्राप्त गर्दा अघिल्लो वर्ष ८७ दशमलब ७५ अंक ल्याएको लिसाको प्रकाशित नजितामा उल्लेख छ ।

    जिल्लाकै तेस्रो आँधीखोला गाउँपालिकाले ९४ अंक ल्याएकोमा अघिल्लो स्वमुल्याङ्कनमा ९० दशमलब २५ अंक ल्याएको थियो । चौथो भएको कालिगण्डकी गाउँपालिकाले ९३ दशमलब ७५ अंक प्राप्त गर्दा अघिल्लो नतिजामा ८५ दशमलब २५ अंक ल्याएको थियो । जिल्लामा पाँचौं र नगरपालिकातर्फ पहिलो भएको भीरकोट नगरपालिकाले ९३ दशमलब ५ अंक ल्याउँदा अघिल्लो नतिजामा ८२ दशमलब ७५ अंक ल्याएको थियो ।

    गल्याङ् नगरपालिकाले पछिल्लो नतिजामा ९० अंक ल्याएकोमा अघिल्लो वर्ष ८२ दशमलब ७५ अंक प्राप्त गरेको थियो । हरिनाश गाउँपालिकाले पछिल्लो नतिजामा ८७ दशमलब ५० अंक ल्याएकोमा अघिल्लो वर्ष ८० दशमलब २५ अंक ल्याएको थियो । पछिल्लो नतिजामा ८५ दशमलब ५० अंक ल्याएको वालिङ् नगरपालिकाले अघिल्लो वर्ष ८६ दशमलब ७५ अंक ल्याएको बताइएको छ ।

    पछिल्लो नतिजामा ८५ अंक ल्याएको पुतलीबजार नगरपालिकाले अघिल्लो वर्ष ६६ दशमलब ७५ अंक ल्याएको थियो । ७८ दशमलब ५० अंक ल्याएर नगरपालिकातर्फ अन्तिम र जिल्लामै १० नम्बरमा परेको चापाकोटले अघिल्लो नतिजामा ५४ दशमलब २५ अंक ल्याएको थियो । हालै ७७ अंक प्राप्त गरेको बिरुवा गाउँपालिकाले अघिल्लो वर्ष ७१ दशमलब २५ अंक ल्याएको थियो ।

    जिल्लाका ११ मध्ये १० वटा पालिकाको प्राप्त अंक बृद्धि हुँदा वालिङ नगरपालिकाको अघिल्लो नतिजाको तुलनामा पछिल्लोमा अंक घटेको छ । नतिजा अनुसार पछिल्लो वर्ष चापाकोटले २२, पुतलीबजारले १९, भीकारेटले ११, गल्याङ् र कालिगण्डकीले ८÷८ र फेदीखोलाले झण्डै ७ अंक बृद्धि गर्न सफल भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

    लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन् । विषयगत क्षेत्रहरूको ३ वटा स्थिति विश्लेषण र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ ।

    हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरूको प्रमाण सहित स्थानीय तहहरूले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ । मन्त्रालयले स्थानीय तहहरूले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कन गरेर अंक प्रदान गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.