Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुख्य सचिव एकनारायण अर्याललाई स्याङ्जामा बधाई एवं सम्मान
    वालिङ् नगरपालिका

    मुख्य सचिव एकनारायण अर्याललाई स्याङ्जामा बधाई एवं सम्मान

    Syangja SandeshBy Syangja SandeshSeptember 30, 2024Updated:September 30, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १३ असोज । सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई स्याङ्जामा बधाई एवं सम्मान गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित ११ वटै स्थानीय पालिका र वालिङ् उद्योग वाणिज्य संघको ब्यवस्थापन तथा सहयोगमा ती कार्यक्रम गरिएका हुन ।

    सम्मान एवं बधाई कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले सिद्धार्थ राजमार्ग विस्तारको आयोजना अत्यावश्यक रहेको बताउनुभयो । उहाले पोखरा सुनौली सिद्धार्थ राजमार्ग विस्तारका लागि मन्त्रीस्तरमा कुरा भैसकेको जानकारी गराउनुभयो ।

    नेपाल सरकारका नवनियुक्त मुख्य सचिव अर्यालले सिद्धार्थ राजमार्ग विस्तारका लागि अर्थमन्त्री र गृहमन्त्रीसँग कुरा भैसकेको बताउनुभयो । दुबै मन्त्रीले पनि सिद्धार्थ राजमार्ग विस्तार गर्नुपर्छ भन्ने आफूलाई लागेको बताउनु भएको उहाँले उल्लेख गर्नुभयो । यसका लागि आउदो बजेट निर्माण हुने क्रममा मेरो तर्फबाट पहल गर्नेछु भन्नुभयो ।

    यो सडक विस्तारले स्याङ्जा जिल्लाको लागि मात्र नभएर पोखरा र लुम्विनीसँग जोड्ने भएकाले देशकै लागि ठूलो महत्व राख्दछ । जिम्मेवारीका हिसाबले देशको समग्र विकास हेर्नुपर्छ तर पनि आफ्नो जिल्लाको लागि भावनात्मक हिसाबले पनि प्राथमिकता दिनुपर्ने स्वभाविक हुन आउँछ । यसमा म पूर्ण जिम्मेवारीका साथ लाग्ने विश्वास व्यक्त गर्दछु, मुख्य सचिव अर्यालले बताउनुभयो ।

    यसैगरी आँधिखोला करिडोर मार्फत पर्यटन विकास गर्ने, ज्याग्दी करिडोर निर्माणलगाएतका विषय पनि उत्तिकै महत्वपूर्ण छन् । यसलाई पनि आँफूले राष्ट्रिय योजना आयोगमा छलफलको विषय बनाईरहेको उल्लेख गर्दै मुख्य सचिव अर्यालले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै गरेर आवस्यकता र समय सापेक्ष विस्तारका लागि स्वास्थ्य, शिक्षा, कृषिका क्षेत्रको प्रवद्र्धनमा पनि आफ्नो ध्यान जाने उहाँको भनाई छ । विकासको काममा राजनीति गर्नुहुँदैन, साझा धारणा राखेर गर्नुपर्छ । स्थानीयतहहरुमा सोही अनुसार काम हुने विश्वास लिएको मुख्य सचिव अर्यालले व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वालिङ ११ सुर्कौंदीस्थित ईलाका प्रशासन कार्यालयका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई फूलमाला र दोसल्ला ओडाएर मुख्य सचिवज्यूबाट सम्मान गरिएको छ ।

    वालिङ ११ सुर्कौंदीका ध्रुवराज शर्मा÷कपिलदेव शर्मा, विष्णुप्रसाद पंगेनी÷यामकुमारी पंगेनी र खड्ककुमारी खाँणलाई सम्मान गरिएको हो । यसैगरी पालिकाहरु र संघ संस्थाहरुको तर्फबाट मुख्य सचिवलाई बधाई एवम सम्मान गरिएको थियो ।

    यस अघि जिल्लाका राजनीतिक दलका प्रतिनिधी, जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकागरी ११ वटै पालिका प्रमुख, अध्यक्ष एवं उपप्रमुख, उपाध्यक्ष लगाएत जनप्रतिनिधी, नागरिक समाज, निजी संस्थाका प्रतिनिधी एवम् सञ्चारकर्मीहरुबीच समग्र जिल्लाका विषयमा छलफल गरिएको थियो ।

    छलफलमा जिल्लाको वृहत्तर विकासका सन्दर्भमा सहभागीहरुले प्रतिनिधीमूलकरुपमा आ—आफ्ना तर्फबाट धारणा राखिएको थियो । योसँगै जिल्लाका ११ वटै पालिकाको निर्णय अनुसार तयार पारिएको ज्ञापनपत्र जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले मुख्य सचिव अर्याललाई हस्तान्तरण गर्नुभएको थियो ।

    सडक स्तरोन्नति तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन विकास लगाएतका समस्याका सन्दर्भमा ध्यानकर्षण सहितको ज्ञापनपत्र जिल्ला समन्वय प्रमुख जिटीले बुझाउनु भएको हो ।

    कार्यक्रम जिल्ला समन्वय समितिको आयोजना र स्थानीय पालिका सबैको सहआयोजनामा गरिएको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाको व्यवस्थापन र वालिङ उद्योग वाणिज्य संघको सहयोग थियो ।

    जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा वालिङ नगरप्रमुख कृष्ण खाँणले स्वागत एवं शाखा अधिकृत संयोग भट्टराईले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मुख्यसचिवको परिचय सहित उहाका निजामति सेवा बारेमा जानकारी गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.