स्याङ्जा ८ कात्तिक । पुतलीबजार नगरपालिका १४ मा मोटरसाइकल दुर्घटनामापरि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ ।
पैतालिस वर्षीय लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो ।
पुतलीखेत–सतौं पक्की सडक अन्तर्गतको पुतलीबजार —१४ आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकल सहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
सतौंबाट आफनो निवास लामागेतर्फ आउदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल स्याङजा ल्याई पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुन्। यसअघि सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकाई कार्यालय स्याङजाका प्रमुख हुनुहुन्थ्यो । लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लामागे हो ।
कृषक प्रेमी बरिष्ठ अधिकृत लम्सालले स्याङ्जामा सुन्तला खेती बिस्तारका लागि ठूलो योगदान गर्नुभएको छ । उहाका बाबा आमा सहित पत्नी एक छोरा र एक छोरी छन ।
लम्सालको शनिवार बिहान पोष्टमार्टमपछि आजनै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान भैरहेको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
