स्याङ्जा २८ फागुन ।मिर्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुकातर्फबाट मुना न्यौपाने निर्वाचित हुनु भएको छ ।
सभापतिमा न्यौपाने सहित उहाँको प्यानल नै निर्वाचित भएको हो । यसैगरी, सचिवमा कोशीश बस्याल र कोषाध्यक्षमा किशोर पाण्डे निर्वाचित भएको क्याम्पसको निर्वाचन समितिले जनाएको छ ।