स्याङ्जा २९ जेठ । डिभिजन बन कार्यालय स्याङ्जाको आयोजनामा गण्डकी जलाधार, जलवायू, उत्थानशील आयोजना अन्र्तगत मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको छ ।
डिभिजन बन कार्यालयका प्रमुख नवराज बरालले एक ठाउमा उत्पती भै अर्कौ ठाउमा प्रवेशगरि प्रतिकुल अवस्थामा पनि बढ्ने र छिटो छिटो फैलिई अन्य प्रजातीलाई प्रतिस्थापन गर्ने क्षमता भएका झार, बुटयान आदीलाई मिचाहा प्रजाती भनिने गरिएको बताउनुभयो । यस्ता प्रजातीले बनजंगललाई धेरै क्षति पुग्ने गरेको पनि उहाले भन्नुभयो ।
प्रमुख बराल र बन अधिकृत रुक्मागत सुवेदीले मिचाहा प्रजातीका स्वरुप, यसका प्रभाव, असर, उपयोग र उचित ब्यवस्थापनका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बन उपभोक्ता महासंघका अध्यक्ष तारा शर्मा, प्राकृतिक ब्यवस्थापन सहायक लक्ष्मण कुवर लगायत स्थानीय पालिका अन्र्तगत बन उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधि लगायत सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।
डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राकृतिक ब्यवस्थापन सहायक लक्ष्मण कुवरले गर्नुभएको थियो ।