स्याङजा ३ बैशाख । पुतलीबजार नगरपालिकको आयोजना तथा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको सहजीकरमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सुरु भएको छ ।
पुतलीबजार नगरपलिाकामा भएको तालिमको उदघाटन गर्दै नगरप्रमुख तुलसीरम रेग्मीले गाउघरमा भैपरि आउने विवाद तथा झैझगडालाई आफनै गाउघरमा बसेर मेलमिलापका प्रक्रियाबाट मिलाउन सकिनेगरि सिकाइने तालिमको भरपुर उपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । उहाले गाउघरक विवादलाई आफनै गाउघरमा मिलाउन सके दुबै पक्षहरुका समय र खर्चको समेत बचत हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढ्ंगाना, वडा नं. १३ का अध्यक्ष जुद्धबहादुर थापा, १२ का अध्यक्ष गंजसिंङ गुरुङ लगायतले मेलमिलापका माध्यमबाट मिलापत्र गर्ने गराउने कार्यले सबैलाई सहज बनाउनेमा जोड दिनुभयो ।
न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्प्रन्न कार्यक्रमको संचालन न्यायिक सहजकर्ता सृजना लामिछानले गर्नुभएको थियो । तालिममा नगरपालिका भित्रको २६ जना महिला तथा पुरुषको सहभागिता रहेको छ ।
तालिममा दिवाकरण थापा र गंगाधर खनालले प्रशिक्षण दिनुहुने भएको छ ।