स्याङ्जा १ मंसिर । मानवअधिकार तथा शान्ति समाज स्याङजाको २० औ साधारणसभा तथा अधिबेशनले पुनः हरिप्रसाद रेग्मीको सभापतित्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापतिमा भवानी अधिकारी, सचिवमा गंगा अर्याल, सहसचिवमा हरिप्रसाद अर्याल, कोषाध्यक्षमा शान्ति ढकाल निर्विरोध निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा संगीता नेपाली, रामप्रसाद लम्साल, रविन केसी, करुणा क्षेत्री पौडेल, मनोज मल्ल, संगीता पोखरेल, सुदर्शन रेग्मी, विपिन्द्रमान श्रेष्ठ, राजेन्द्र भण्डारी निर्वाचित हुनु भएको हो ।
यसैगरी, सल्लाहकारमा पृथ्वीप्रसाद पोखरेल र प्रकाश डोेटेललाई चयन गरिएको छ । अधिवेशनको उदघाटन गर्दै मानवअधिकार तथा शान्ति समाज स्याङुजाका पूर्वसभापति एवं पूर्व केन्द्रिय सदस्य भरतप्रसाद लम्सालले मानवअधिकारकर्मीको भूमिका ब्यापक रहेको जनाउदै अधिकारकर्मीहरुले मानव हक, हित र अधिकारका पक्षमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।
बिभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा पनि मानवअधिकारकर्मीले अग्रपंक्तिमा बसेर योगदान पुरयाएको स्मरण गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री युवा नेता मेखलाल श्रेष्ठ, केन्द्रिय प्रतिनिधि सीताराम तिवारी, निर्वाचन अधिकृत ओमप्रकाश शर्मा, मानवअधिकार तथा शान्ति समाज कास्कीका सभापति तीर्थराज न्यौपाने, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, निजामति कर्मचारी यूनियनका केन्द्रिय प्रतिनिधि नारायणबन्धु अर्याल लगायतले शान्ति समाज र यसका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसभापति एवं सल्लाहकार पृथ्वीप्रसाद पोखरेलले स्वागत एवं उपसभापति भवानी अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।