स्याङ्जा २० भदौ । “मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस शुक्रवार स्याङ्जामा बिबिध कार्यक्रमगरि मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा ,पुतलीबजार नगरपालिका स्याङ्जा र सामाजिक बिकास कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा दिवस मनाइएको हो । प्रभातफेरि सहित मंचीय कार्यक्रमगरी दिवस मनाइएको छ ।
पुतलीबजार नगरपालिका १ प्रगतिनगरबाट सुरु भएको प्रभातफेरिले स्याङ्जाका मुख्य बजार परिक्रमागरि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा गएर मंचको कार्यक्रममा परिणत भएको थियो ।
दिवसको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले यस्ता दिवका कार्यक्रमले जनचेतना फैलाउनुका साथै मानव बेचबिखनमा नियन्त्रण हुने बताउनुभयो । स्याङ्जामा मानव वेचबिखनका घटना हाल नभएता यस बारे सचेत र सजग रहनु पर्नेमा प्रमुख रेग्मीले जोड दिनुभयो । शिक्षा र चेतनाको विकासले मात्र यस्ता गतिबिधि रोकिने हुदाँ हरेक यात्रा तथा गतिबिधिमा सचेत र सजग रहन प्रमुख रेग्मीले सुझाव दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपाने, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले मन्तब्य सहित मानव बेचबिखन जस्ता घृणित कार्य गर्न नहुनेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले गर्नुभएको थियो ।