Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मालुंगाको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण अलपत्र
    अर्जुनचौपारी गाउँपालिका

    मालुंगाको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण अलपत्र

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असोज । कुुनै समय कुष्ठरोगी केन्द्र (बस्ने ठाउँ) का रुपमा स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गा टुुनिबोटलाई लिइने गरिन्थ्यो । टुनिबोट जाँदा कुष्ठारोग सर्छ भन्दै स्थानीय र छिमेकीहरु त्यहाँ जान डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुुवाकोटका राजाले पाल्पा आक्रमणका गर्न १९५२ बाट हातहतियार भण्डारण (राख्न प्रयोग) गरिएको ऐतिहासिक स्थानका रुपमा चिनिन्छ ।

    तत्कालीन श्री ३ खड्ग शमशेरले १९९७ मा नेपाल भरिका ४२२ कुुष्ठरोगीलाई उपचार गर्न मालुङ्गा टुनिबोटलाई केन्द्र बनाएको मानिन्छ । ४९ वर्ष कुष्ठरोगी बसेको टुनिबोट बिरामीको संख्या घट्दै जाँदा २०४६ सालमा ८२ कुष्ठरोगीलाई कुुष्ठरोग निवारण संघले पोखरा स्थान्तरण गरेको हो ।

    लामो समय कुष्ठरोगी बसेको मालुुङ्गा टुनिबोटमा सर्वसाधारणको सहज स्वास्थ्य सुविधाका लागि निर्माण भएको १५ शैयाको स्वास्थ्य केन्द्र उपचारसँगै भौतिक पूर्वाधार अलपत्र अवस्थामा छन् । कुष्ठरोगीहरु पोखरा पुनःस्र्थापना भएसँगै कुष्ठरोग निवारण संघसँग १९ रोपनी ९ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको थियो ।

    लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटको प्राथमिक स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि सरकारले चार वर्ष अघिदेखि अस्पताल निर्माण अगाडि बढाइएको थियो । कुष्ठरोगीलाई पोखरा सारेपछिको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा अस्पतालका नाउमा ल्याएपछि २०७८ जेठबाट सिनर्जी शङ्खदेवी निर्माण सेवा काठमाडौँले १५ बेडको अस्ताल भवन निर्माण गर्न ठेक्का पाएको थियो ।

    दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गल्याङ नगरपालिकासँग सम्झौता गरेको सिनर्जीले चार वर्षमा ५० प्रतिशत मात्रै काम सकेको छ । भवनको संरचना निर्माण गरेर प्लास्टर गरेको भएपनि अन्य सम्पूर्ण काम गर्न बाँकी रहेको छ । निर्माण कम्पनीले अस्पताल भवन बनाउन ११ करोड ५१ लाख १५ हजार २३२ रुपैयाँ सम्झौता गरेकोमा चार वर्षमा चार करोड ३७ लाख अर्थात ३७ प्रतिशत मात्र आर्थिक प्रगति गरेको छ ।


    अस्पताल भवन निर्माणको म्याद सकिएर दुई पटक म्याद थप्दासमेत आधा मात्रै काम सकिएको नगरपालिकाका इन्जिनियर सुजेन्द्र थापाले जानकारी दिनुभयो । २०८२ चैत मसान्तसम्मका लागि पछिल्लो पटक म्याथ थप भएको थापाले भन्नुभयो । अस्पताल निर्माणको काम अब ढिलाइ भएमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ कारबाही हुने थापाको भनाई छ ।

    स्वास्थ्य सुविधाका लागि अस्पताल निर्माण हुन थालेपछि हर्षित बनेका स्थानीय बासिन्दा भवन निर्माणमा ढिलासुस्ती हुने थालेपछि चिन्तित बनेको वडाध्यक्ष मणिप्रसाद बस्यालले बताउनुभयो । सामान्य उपचारका लागि गल्याङ्बजार, पाल्पा जानुपर्ने बाध्यता हट्ने आशा गरेका स्थानीय भवन निर्माणको ढिलासुस्तीले निराश बनेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.