Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महोत्सवको दोश्रो दिन बद्री पंगेनी लगायत करिब एक दर्जन कलाकारको प्रस्तुती
    समाचार

    महोत्सवको दोश्रो दिन बद्री पंगेनी लगायत करिब एक दर्जन कलाकारको प्रस्तुती

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2025Updated:February 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ फागुन । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा संचालित सातौं स्याङ्जा महोत्सवको दोश्रो दिन हिजो बिभिन्न नृत्य, गायन एवं प्रहसन जस्ता लोकप्रिय कार्यक्रम भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ आफना कला प्रस्तुत गर्नुभएको थियो ।

    गायनतर्फ बद्री पंगेनी, जीवन दाहाल, नेत्र खडका, यम नेपाली, कमला गैरे, सुमितामी परियारले लोकप्रिय गीत गाएर दर्शकलाई समेत नचाउनु भएको थियो । यसैगरी, रबिना श्रेष्ठ नाच्नु भएको थियो भने दिपक थापाले प्रहसन तथा जादु देखाउनु भएको थियो । मनोरंजनात्मक कार्यक्रमलाई गायक घनश्याम रिजाल र विक्रम परियारले संचालन गर्नुभएको थियो ।

    महोत्सव संचालनको दोश्रो दिन करिब ४ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव अवधिभर दिनहुँ राष्ट्रिय स्तरमै ख्याती कमाएका कलाकारका प्रस्तुती प्रर्दशन गरिने भएको छ ।

    महोत्सवमा बालबालिका तथा युवाका लागि बिभिन्न खालका खेलहरु राखिएका छन । बालउद्यान, पिङ लगायतका खेल र बिभिन्न सामान खरिद बिक्रीका लागि फेन्सि, खाद्य, सामाग्री, लत्ताकपडा, भाडाकुडा लगायत कृषिजन्य उत्पादनका सामाग्री समेत सहजै रुपमा खरिद गर्न सकिने छ । महोत्सवलाई जेष्ठ नागरिक तथा अपांगमैत्री बनाइएको छ ।

    औद्योगिक व्यापार मेला, सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, कृषि मेला तथा अगुवा कृषक तथा कृषी विशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधी र शैक्षिक सामग्री प्रदर्शनी, अटोमोबाइल, पर्यटन मेला तथा फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी गरिएका छन् ।

    स्थानिय वस्तु तथा सेवाहरुको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमि व्यवसायीहरुलाइ प्रोत्साहन, उत्पादक र उपभोक्ताहरुको सम्बन्ध अभिवृद्धि, हस्तकला व्यवसायको खोजी, कृषि सुन्तला कफि लगायतको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धन, लोक सस्कृती संरक्षण, सूचना प्रबिधि, होम स्टे, स्थानीय खाना तथा स्थानीय उत्पादनको प्रवद्र्धन लगायतको उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको अध्यक्ष महादेब श्रेष्ठले जानकारी दिनुभयो ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट महिला उद्यमी विकास कोष, विपद् राहत कोष, व्यवसायीक राहत कोष स्थापना गर्ने लक्ष्य राखेको छ । महोत्सव टिकट आम्दानीको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने महासचिव रविन केसीले बताउनुभयो ।

    महोत्सवले ८ करोड सम्मको व्यापारीक कारोबार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश स्तरिय सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव ५ बर्षपछि भएको हो ।फागुन ६ गतेदेखि संचालन भएको महोत्सव १८ गतेसम्म संचालन गरिने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.