स्याङ्जा २४ फागुन । अभियान सुचना केन्द्र स्याङ्जाको आयोजना र पुतलीबजार नगरालिकाको आर्थिक सहयोगमा महिलाका लागि नेतृत्व विकास सम्बन्धी ३ दिने प्रशिक्षण सुरु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर महिला सशक्तिकरण, नेतृत्व विकास र आयआर्जन सम्बन्धी ३ दिने प्रशिक्षण दिइने भएको हो ।
प्रशिक्षणको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले विगतका तुलनामा बर्तमान समयमा महिलाका हक, अधिकारहरुको क्रमशः स्थापित हुदै गएको बताउनुभएको छ ।
टोल तथा नगरमा भैपरि आउने समस्या समाधानका लागि महिला दिदीबहीनीका सहयोग बढेको जनाउदै सामाजिक बिकृती र विसंगतीलाई चिर्दै अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो ।
सबै महिलालाई अनिवार्य शिक्षा कार्यान्वयन गराएमा महिला हक, अधिकारको सहीउपयोग हुने जनाउदै नगरपालिकाबाट महिलालका लागि आयआर्जन सम्बन्धी धेरै खालका तालिम उपलब्ध गराउदै आएको जानकारी गराउनुभयो ।
पुतलीबजार नगरपालिका १ का वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्यहरु अनिता रुचाल, हिटलर पौडेल, पवित्रादेवी लम्सालु, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, अभियान सूचना केन्द्रका सल्लाहकार गिरीधारी लम्साल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संयोजक एवं प्रशिक्षक लेखनाथ शर्मा, मेडिकल अफिसर अनुप लम्साल र कफी ब्यवसायी उदीव अर्यालले प्रशिक्षण दिनुहुने आयोजकको भनाई छ ।
अभियान सूचना केन्द्र स्याङजाका अध्यक्ष बिद्या पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष बन्दना लम्सालले गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका १ का सबै टोल विकास संस्थाका पदाधिकारी, आमा समुहमा आवद्ध महिला लगायत आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको छ ।