Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला जनप्रतिनिधिलाई बजेट तथा योजना सम्बन्धी प्रशिक्षण
    वालिङ् नगरपालिका

    महिला जनप्रतिनिधिलाई बजेट तथा योजना सम्बन्धी प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshMarch 23, 2025Updated:March 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ चैत । सामाजिक तथा भौतिक विकासमा महिला जनप्रतिनिधिलाई प्रत्यक्ष सहभागिता गराउने उदेश्यले वालिङ्मा महिला जनप्रतिनिधिका क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण दिइएको छ ।

    वालिङ नगरपालिकाको आयोजना तथा द एशिया फाउण्डेशन र दलित महिला केन्दको्र सहजीकरणमा वालिङ्का महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो ।

    स्थानीय सरकार सञ्चालन तथा योजना तथा बजेट माग सहितको कार्यान्वयनमा महिलाको भूमिकालाई सशक्त बनाउने उदेश्यले वालिङमा प्रशिक्षण कार्यक्रम गरिएको हो । वालिङ नगर भित्रका महिला जनप्रतिनिधिलाई लक्षित गर्दै स्थानीय शासन, नीति तथा बजेट निर्माण र कार्यान्वयनका चरणबद्ध प्रक्रियाका बारेमा प्रशिक्षित गराइएको छ ।

    कार्यक्रमको सहजिकरण गण्डकी प्रदेश सासंद कल्पना तिवारीले गर्नुभएको थियो । टोलदेखि कार्यपालिकासम्म आइपुग्दा बिभिन्न ७ चरण पुरा गरेर मात्र बजेट तथा योजना कार्यान्वयनको अवस्थामा पुग्ने जनाउदै यसतर्फ समयमै जानकार लिन समेत उहाले सुझाव दिनुभयो । उहाँले महिलामैत्री निति तथा योजना निर्माणमा समेत ध्यान पुरयाउन आग्रह गर्नुभयो ।

    महिला नेतृत्व सशक्त र प्रभावकारी बनाउन यस्ता प्रशिक्षण आवश्यक रहने जनाउदै प्रक्रियागत र आवश्यकता बमोजिमका योजनामा बजेट ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र संघ सरकारले गर्दै आएका बजेट तथा निती कार्यक्रमका बारेमा समेत जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा वालिङ नगरउपप्रमुख कबिता तिवारीले महिलामैत्री बजेट तथा योजना निर्माणमा सहकार्य गर्दे अघि बढ्ने बताउनुभयो । महिला बर्गका हक, हित, अधिकार र आर्थिकोपार्जनमा ध्यान दिई सक्षम बनाउने आफनो लक्ष्य रहेको जनाउदै उपप्रमुख तिवारीले स्थानीय विकास र समृद्धिको लागि स्थानीय सरकारलाई जवाफदेही बनाउन महिलाहरु नै सक्षम बन्नुपर्नेमा जोड दिनुभयो ।

    महिला जनप्रतिनिधिहरुले राजनीतिक, आर्थिक, सामाजिक र लैंगिक बिभेदलार्ई चिर्दै अघि बढ्नुपर्ने चुनौती रहेको उहाको भनाई छ । उहाँले महिलाहरुको सशक्त सहभागिता विना दिगो र समावेशी विकास सम्भव नरहेको बताउदै स्थानीय शासन र बजेट निर्माणमा महिलाहरुको प्रत्यक्ष भूमिका बनाउन यस्ता तालिमको महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता कार्यक्रमले महिला जनप्रतिनिधिहरुको ज्ञान, सीप र नेतृत्व क्षमतामा वृद्धि गर्नुका साथै आर्थिक पारदर्शितामा समेत सहयोग पुग्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महिला तथा दलित जनप्रतिनिधिलाई बजेट निर्माण र प्रकृयाको बारेमा जानकारी भएमा महिला, बालबालिका तथा जेष्ठनागरिक सहित विपन्न तथा दलित समुदायको हक अधिकार सुनिश्चित हुने प्रमुख प्रशासकिय सुवेदीको भनाई छ ।

    द एशिया फाउण्डेशन गण्डकी प्रदेशका संयोजक पूर्ण परियार र दलित महिला केन्द्र नेपालका कार्यक्रम अधिकृत रितेस विकले कार्यक्रमको उद्देश्य सहित थप सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वालिङ् नगरपालिकाका १४ वटा वडाका दलित महिला सहित २९ जना महिला जनप्रतिनिधिको सहभागिता थियो ।

    सो प्रशिक्षण कार्यक्रमको सहजीकरण न्यायिक समिति शाखा सहजकर्ता सीता काफलेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.