स्याङजा २४ फागुन । एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर वालिङ उद्योग वाणिज्य संघ–महिला उद्यमी विकास समितिले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेको छ ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यस क्षेत्रको अगुवा सामाजिक संस्था वालिङ उद्योग वाणिज्य संघका महिला उद्यमी इकाईका महिलाहरुले उद्यमशीलताको विकास गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उद्यमशीलता विकासका साथसाथै ब्यक्तित्व विकास र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाले जोड दिनुभयो ।
साथै हाल महिलाहरु सामाजिक र राजनीतिक रुपमा अधिकार पाईसकेको र अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उहाले भन्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष द्वय कर्णबहादुर श्रेष्ठ, ले. यामबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, वालिङ नगर कार्यपालिका सदस्य युगमाया पंगेनी, संघका बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी, महासचिव रमेश अर्याल, निवर्तमान अध्यक्ष कविता भुसाल, सल्लाहकार माया कँडेल, सदस्य छाँयादेवी लुईंटेल लगायतले महिला दिवसको शुभकामना सहित महिलाका योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
महिला उद्यमी विकास समितिका अध्यक्ष मञ्जु के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष पार्वती पंगेनीले स्वागत र सचिव सीता अधिकारीले सञ्चालन गर्नुभएको थियो ।