स्याङ्जा २१ असार । गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङजाले जितेको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो ।
उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । ५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो । स्याङजाका सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित हुनुभयो ।
कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित हुनुभएको छ । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।