Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    समाचार

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    Syangja SandeshBy Syangja SandeshSeptember 3, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ भदौ । गैरसरकारी संस्था महासंघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

    संघसंस्था ऐन २०८२ मस्यौदाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्ना माग र प्रस्तावित मस्यौदामा असहमति जनाएको छ । गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण हुनेगरी बुझाइएको ज्ञापनपत्रमा सरोकारवालासंग राय परामर्श नै नलिई एकांकी रुपमा तर्जुमा गरिएको ऐनको मस्यौदाप्रति आपत्ती प्रकट गरिएको छ । महासंघ अध्यक्ष एकनारायण सापकोटा नेतृत्वको ध्यानाकर्षणपत्र बुझाइएको थियो ।

    ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले गृह मन्त्री तथा मन्त्रालयमा पठाउने जानकारी दिनुभयो । ध्यानाकर्षण पत्रमा मानव अधिकार, सामाजिक रुपान्तरण र सामुदायिक विकासमा संलग्न नागरिक तथा सामाजिक संघ संस्थाहरुले विगत लामो समयदेखि नागरिक समाजमैत्री सामाजिक विकास ऐनको माग गर्दै आएको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई एकीकृत गरि संघ संस्था दर्ता नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक २०८२ को मस्यौदा सार्वजनिक गरेको छ ।

    विधायन ऐन २०८१ दफा ६ को उपदफा १ ले स्पष्ट रुपले विधेयकको मस्यौदा तर्जुमा गर्ने क्रममा सम्बन्धित मन्त्रालयले विषय विज्ञ तथा त्यस्तो विधेयकबाट प्रत्यक्ष प्रभावित हुने सरोकारवालालाई छलफलमा सहभागी गराइ राय सुझाव लिनुपर्नेछ भन्ने व्यवस्था गरेको छ । सो व्यवस्थाको प्रतिकुल सरोकारवालाको सहभागितालाई उपेक्षा गर्दै विधेयक मस्यौदा अघि सारिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।

    यस्तै, ध्यानाकर्षण पत्रमा मस्यौदामा उल्लिखित अधिकाश प्रावधानहरुले नागरिक संघ संस्थाहरुलाई सँकुचित पार्ने, सहजीकरण र सबलिकरण गर्नुको सट्टा नियन्त्रण गर्ने नागरिक सहभागितामा कटौती गर्ने मात्र नभई नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताका साझा मूुल्यहरुमा समेत प्रहार गर्ने अवस्था सिर्जना गरेको छ ।


    ज्ञापनपत्रमा भनिएको छ — लोकतान्त्रिक मूल्य मान्यता, सवैधानिक अधिकार, नागरिक स्वतन्त्रता र सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनेगरी संघ सस्था सम्बन्धी विधेयक २०८२ मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाहरुको सहभागितामा पुनर्लेखन गर्न आग्रह गरिएको उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.