Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 11
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
    पुतलीबजार नगरपालिका

    मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन

    Syangja SandeshBy Syangja SandeshJanuary 13, 2025Updated:January 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ पुस । गण्डकी प्रदेश अन्र्तगत सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले स्याङ्जामा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को मस्यौदा बारेमा सरोकारवालाबीच रायसुझाव संकलन गरेको छ ।

    स्याङ्जा सदरमुकाममा आयोजित राय सुझाव सुनेपछि बोल्दै सामाजिक विकास युवा तथा खेलकूद मन्त्री बिन्दुकुमार थापाले संबिधानको भावना र प्रदेश सरकारको चाहना बमोजिम लक्षित समुदायका आवाजलाई समावेश गरिने बताउनुभयो ।

    हिउदे अधिवेशनमा सो बिधेयकलाई पेश गर्ने र आवश्यक प्रक्रिया पुरागरी पारित गर्ने मन्त्री थापाले जानकारी दिनुभयो । पहिलो पटक स्याङ्जा आएको बताउदै प्रदेशका अन्य ३ जिल्लामा पुगेर सुझाव संकलन गर्ने तयारीमा रहेको उहाले भन्नुभयो ।

    गण्डकी प्रदेशका पूर्र्व मन्त्री सीता सुन्दास र पूर्वमन्त्री पञ्चराम गुरुङ, सांसद एवं अर्थ विकास समितिका सभापति भोजराज अर्याल, सांसद एवं सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेल, सांसद कल्पना तिवारी, सांसद रेखा गुरुङ लगायतले संस्कार र सस्कृति हराए मानिसको पहिचान हराउने भएकाले जातीजातीको पहिचान जोगाउनका लागि यस्ता कार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य तुलसी गिरी, नेकपा एमाले अध्यक्ष पारस गैह्रे, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरउपसभापति गुरुप्रसाद ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा गुरुङ र मगर समुदायका बिभिन्न संघसंस्था तथा राजनीतिमा आवद्ध रहनु भएको झण्डै २ दर्जन ब्यक्तिहरुले मगर र गुरुङ् भाषाको प्रयोग आवश्यकता रहेको ओैल्याउदै आ आफना राय सुझाव दिनु भएको थियो ।

    मन्त्रालयका सचिव नवराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपसचिव भोजराज न्यौपानेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.