स्याङ्जा २७ बैशाख । लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा ५ दिने बृहत योग शिविर मालेबगरमा शनिवार (आज)देखि सुरु भएको छ । लायन्स क्लवको आयोजना तथा पुतलीबजार नगरपालिका र मुक्तिनाथ विकास बैंकको सहयोगमा बृहत निशुल्क योग बिज्ञान शिविर सुरु भएको हो ।
पतञ्जली योग पिठ नेपाल महिला पतन्जली योग समिति नेपालको सहयोगमा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा हिजोदेखि सुरु भएको हो ।
शिविरको उदघाटन गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले योगले शारिरीक, मानसिक स्वस्थ्यता कायम राख्ने जनाउदै नियमित योग गर्नुपर्नेमा जोड दिनुभयो । योग गर्न चाहनहरुका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाले बालबालिका, युवा, बृद्धका लागि योगअभ्यास अत्यावश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा साधवी एवं योग प्रशिक्षक देवकृपा, लायन्स क्लवका सदस्य एवं मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्साल, डा. नरेन्द्र हिराचन लगायतले शुभकामना मन्तब्य सहित नियमित योगले शरिरभित्रका विकारतत्वलाई वाहिर फालिदिने जनाउदै शिविरबाट लाभ लिन समेत सुझाव दिनुभयो ।
लायन्स क्लव अफ स्याङ्जा टाउका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लायन डोलराज पोखरेलले गर्नुभएको थियो । बैशाख ३१ गतेसम्म रहने योग शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुदै आएको छ ।
