स्याङ्जा २७ माघ । लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिले १६ औं बार्षिकोत्सव मनाएको छ । विस २०६६ सालमा स्थापित यस संस्था मार्फत बिभिन्न संघ, संस्था, बैंक तथा बित्तिय संस्था लगायत निजी कम्पनीमा सेवा पुरयाउदै आएको छ ।
पुतलीबजार नगरपालिका १ मा प्रधान कार्यालय रहेको सेक्युरिटी सर्भिसको नगरप्रमुख तुलसीराम रेग्मीले उदघाटन गर्दै आम नागरिकको जीउ, धनको सुरक्षार्थ क्रियाशिल संस्थाले सामाजिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्नुभयो । निजी क्षेत्रद्धारा संचालित यस संस्थाले पाएको विश्वसनियता र क्रियाशिलतालाई धन्यवाद दिदै आउदा दिनमा पनि सहकार्य र समन्वय गर्दे अघि बढ्ने बताउनुभयो ।
संस्था र संस्थाप्रति आवद्ध ब्यक्तिहरुका हक, हित र अधिकारका पक्षका स्थानीय पालिकाको सहयोग सदैव रहने समेत उहाले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सुरक्षाकर्मी पदमबहादुर कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिका प्रवन्ध निर्देशक मोतीकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासन प्रमुख सृजना पौडेलले स्वागत एवं सदस्य राधाकृष्ण शर्माले संचालन गर्नुभएको थियो ।
यसैगरी, बार्षिकोत्सवमो अवसर पारेर लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिले पुतलीबजार नगरपालिकालाई १० वटा डस्टविन र पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी संस्कृत गुरुकुलमलाई नगद १५ हजार रुपैया उपलब्ध गराएका छन् ।
यस प्रालि मार्फत देशभरमा झण्डै एक हजार सुरक्षाकर्मी परिचालित रहेको छन ।