Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    भीरकोट नगरपालिका

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2025Updated:November 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा शनिवार स्याङ्जामा साहित्य उत्सव कार्यक्रम गरिएकोे छ ।

    स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्व राख्ने सो दिन स्याङ्जा साहित्य प्रतिष्ठान र भीरकोट नगरपालिका ७ स्थित कालिका पुस्तकालयको संयुक्त आयोजनामा देवकोटा साहित्य उत्सव गरिएको हो ।

    उत्सवकोे समुदघाटन गर्दै भीरकोट – ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सन्दर्भमा आयोजना गरिएको यस काव्य उत्सवको विशेष अर्थ रहने बताउनुभयो । समाजको प्रतिबिम्बको रुपमा रहेको साहित्य र यसका माध्यमबाट समग्र स्याङ्जाको साहित्यलाई उचाइमा पु¥याउन सहज हुने अध्यक्ष अर्यालको भनाई छ । यस्ता नमूना तथा अनुकरणीय कार्यकालागि वडाको तर्फबाट पनि आवश्यक सहयोग र सदभाव रहने उहाले भन्नुभयो ।

    प्रतिष्ठानका अध्यक्ष कुमार रानाले स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा जिल्लाभर यसरी नै सहकार्य गर्दै समग्र स्याङ्जा जिल्लाको साहित्यिक उन्नयनका लागि अभियानकै रूपमा अगाडि बढाउने जानकारी गराउनुभयो ।

    कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डोलराज पौडेलले स्वागत मन्तब्य र स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समीरले सहजीकरण गर्नुभएको थियो ।

    देवकोटा काव्य उत्सवमा विशेष वाचन गरेका कवि, गजलकार र मुक्तककारलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । यसैगरी, कालिका पुस्तकालयलाई स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव एवं युवाकबि मिलन समीरको तर्फबाट व्यक्तिगत २० हजार रुपैंया बराबरको साहित्यिक पुस्तक उपलब्ध गराउनुभएको छ ।

    स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक यस्तो किसिमले आयोजना गरिएको देवकोटा साहित्य उत्सवमा यहाँका कविहरु चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजंग बानियाँले कविता वाचन गरेका थिए ।

    गजलकारहरु लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल वाचन गरेका थिए ।

    मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए ।

    स्याङ्जा साहित्य प्रतिष्ठान वि.सं. २०५२ सालमा थापना भएको होे । स्याङ्जा साहित्य प्रतिष्ठानले नियमितरुपमा प्रकाशित हुँदै आएको रजस्थल साहित्यिक त्रैमासिक पत्रिका पनि छ । जसको हाल १०३ अंक प्रकाशित भइसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.