Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 26
    Trending
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    Syangja SandeshBy Syangja SandeshNovember 26, 2025Updated:November 26, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ मंसिर । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ यसबर्षको लैगिंक हिसा बिरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।

    उद्योग तथा पर्यटन र सामाजिक बिकास, युवा तथा खेलकूद एकिकृत सेवा कार्यालयको आयोजनामा स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको “म हिंसा गर्दिन, म हिंसा सहन्न” भनेर प्रतिबद्धतामा हस्ताक्षर सहित अन्तरक्रिया गरिएको हो ।

    प्रतिबद्धतामा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले समाजमा हुने गरेका जस्तासुकै हिंसामा पनि सुन्य सहनशिलताका अपनाउनु पर्ने बताउनुभयो । लैंगिक हिंसाबाट परिवार मात्र नभई समाज र देशनै प्रभावित हुने उहाको भनाई छ । लैैगिक हिंसा अन्त्यकालागि राज्य र सरोकारवाला निकायले शिक्षा र सचेतनामूलक कार्यक्रमलाई प्रोत्साहित गर्नु बताउनुभयो ।

    कानूनको अज्ञानता, कुरिती, प्रबिधिको दुरुपयोगले पनि बिभिन्न् खालका हिंसा हुने गरेका जनाउदै चेतना र शिक्षाका माध्यमबाट हिंसा रहित घर परिवार हुदै समाज निर्माणमा जुट्नु पर्नेमा प्रजिअ अर्यालले जोड दिनुभयो।

    कार्यक्रममा प्रदेश अस्पताल स्याङ्जाका एकद्धार संकट ब्यवस्थापन शाखा प्रमुख गीता न्यौपानेले लैगिंक हिंसा पिडितलाई स्वास्थ्योपचार लगायतका तत्कालका लागि आवश्यक सेवा सुबिधा उपलब्ध गराउदै आएको जानकारी गराउनुभयो ।

    उद्योग तथा पर्यटन र सामाजिक बिकास, युवा तथा खेलकूद एकिकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम सहित मनाईने जानकारी दिनुभयो। उहाँले कक्षा १२ सम्म अध्ययरत विद्यार्थीबीच कविता प्रतियोगिता, सामाजिक ‘नारी आवाज’ को दोस्रो अंक प्रकाशन, महिला समूहका पञ्चेबाजा, सुरक्षित सामाजिक सञ्जाल प्रयोग सम्बन्धी प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्नेगरी तयारीमा जुटेको जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी, जिल्ला समन्वय अधिकारी नवराज बराल, प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी, पूर्वाधार विकास कार्यालय प्रमुख गुरुदत्त अधिकारी, पुतलीबजार नगर शिक्षा अधिकारी बाबुराम बराल लगायतले हिसां बिरुद्धको अभियानलाई सफलतापूर्व सम्पन्न गर्ने सहित “म हिंसा गर्दिन, म हिंसा सहन्न” भनेर प्रतिबद्धता जनाउनु भएको छ ।
    यसैगरी, स्याङ्जा स्थित एघार वटै पालिकामा पनि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका छन् । पालिकाले यस १६ दिनमा बिभिन्न सन्देशमूलक कार्यक्रमगरी मनाउने भएका छन् । ९ मंसिरदेखि सुरु अभियान २४ गतेसम्म नेपाल लगायत विश्वभर मनाइने गरिन्छ ।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात मंसिर ९ गते मंगलबारदेखि २४ गतेसम्म नेपाल लगायत विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

    नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.