Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लैंगिक हिंसा अन्त्य सम्बन्धी महिला बिचार समेटिएको ‘नारी’ पुस्तक बिमोचन
    समाचार

    लैंगिक हिंसा अन्त्य सम्बन्धी महिला बिचार समेटिएको ‘नारी’ पुस्तक बिमोचन

    Syangja SandeshBy Syangja SandeshMarch 7, 2025Updated:March 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ फागुन । “सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण” भन्ने मुलनारा लिएर यसबर्ष ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइदैछ ।

    अन्तराष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा सामाजिक विकास कार्यालय स्याङ्जाले ‘नारी’ नामक पुिस्तका विमोचन गरेको छ ।
    स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा न्यूनिकरणका विषयमा आ आफना बिचार र धारणा समेटिएर पुस्तिकामा प्रकाशन गरिएको छ ।

    पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको “लैङ्गिक हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?” भन्ने शीर्षक समेटिएको बिचार तथा कविताहरु समेत समावेश गरिएको छ ।

    नारी पुस्तक विमोचन गर्दे पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुद्धारा लिखित पुस्तक सबैका लागि प्रेरणादायी बन्ने बताउनुभयो ।

    महिलाहरुको सशक्त विचार र बालिकाहरुको कविता समेटिएको हुदाँ महिला अधिकार स्थापित गराउन समेत यहाँ प्रकाशित लेख, रचना र कबिताले महत्वपूर्ण भूमिका खेल्नेमा उहाँले जोड दिनुभयो ।

    महिलाका अधिकार, लैगिंक हिंसा न्युनिकरण र हक, हित र अधिकार सम्बन्धी सचेतनामा सहयोग पुग्ने कुरामा समेत नगर प्रमुख रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा उपप्रमुख देवी अर्यालले महिलाहरुको अधिकार, सशक्तिकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

    सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले ‘नारी’ पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘लैङ्गिक हिंसाको अन्त्य कसरी बन्ने विषय केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरुले कविता यसमा समावेश गरेको हुदाँ लैङ्गिक हिसां अन्त्यको लागि सामाजिक नारी आवाज एउटा महत्वपूर्ण पुस्तिका हुने विश्वास व्यक्त गर्नुभयो ।’

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, जिल्ला न्याधिवक्ता श्रीकला पौडेल, अधिवक्ता हरिप्रसाद रेग्मी, स्थानीय जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न नगरपालिकाका १४ वटै वडाका महिलाहरुको सहभागिता थियो ।
    हरेक वर्षको मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अअध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रशासकिय अधिकृत द्रोर्ण प्रसाद पनेरुले गर्नुभएको थियो । पुस्तिकामा लैगिक हिंसा न्यूनिकरणमा स्याङ्जाका पालिका उपप्रमुखहरु, उपाध्यक्षहरु, संचारकर्मी, महिला प्रमुखहरु, बिद्यार्थी लगायतका धारणा र महिला सचेतना सम्बन्धिका लेख तथा रचनाहरु प्रकाशित गरिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.