स्याङ्जा ७ जेठ । लागूऔषध सहित २६ बषिय अजित परियार वालिङ नगरपालिकामा पक्राउ परेका छन् ।
वालिङ नगरपालिका १० भकुण्डेमा प्रहरीले बिहीवार पक्राउ गरेको हो । बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा २ ख १५९२ नम्बरको हाईसबाट कास्कीको पोखरा महानगरपालिका २७ लेखनाथ बस्ने परियार पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले डाईजेपाम ७, फेनारेगन ७, आईपिल ७ गरी २१ एम्पुल पक्राउ परेको प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।