स्याङ्जा ११ भदौ । स्याङ्जामा १ सय १० एम्पुल लागूऔषध सहित २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका –९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
गल्याङ नगरपालिका –१ राम्दीमा यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसो बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल सहित जम्मा ११० एम्पुल नियन्त्रित लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ ।