स्याङ्जा १९ साउन । लागु ओैषध मुद्धामा १० महिना १८ दिन कैद तथा ५ हजार जरिवाना तोकिएपछि फरार भएका रामचन्द्र पौडेललाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीको विशेष अप्रेसन टोलीले उनलाई पक्राउगरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
आँधीखोला गाउँपालिका ४ बस्ने ४८ बर्षिया पौडेललाई कास्की जिल्ला अदालतले विस २०५९ बैशाख २३ गते लागु औषध मुद्धामा सो सजाए र जरिवाना तोकेपछि फरार रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी गराउनुभयो ।
अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्र्ण समाज निर्माणको सुनिश्चिितताका लागि स्याङ्जा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरेको प्रहरी उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।