स्याङ्जा, ९ भदौ । वालिङ नगरपालिका ५ मा कुटपिटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।
कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरु हरिनास गाउँपालिकाका वडा नं ५ का ६ जना र चापाकोट नगरपालिका वडा नं ५ का २ जना रहेका प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोर भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वस वाग्ले, २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका ५ कान्ति बस्ने २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल विक रहेका छन् ।
शनिबार राति विवाद हुँदा वालिङ नगरपालिका ५ जर्कोट बस्ने ३२ वर्षीय ढाल बहादुर थापा कुटपिटबाट घाइते हुनु भएको थियो । थापाके उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको बताइएको छ ।
कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतले १० दिको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।