स्याङ्जा ८ भदौ । कुटपिटका कारण वालिङ्मा एक युवाको ज्यान गएको छ भने कुटपिटको आरोपमा २ जना पक्राउ परेका छन् ।
वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ बर्षिय ढालबहादुर थापाको कुटपिटका कारण ज्यान गएको भने कुटपिटमा संलग्न रहेको भन्दै २२ बर्षिय सिजन थापा र २४ बर्षिय अनिल शाही प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ‘शनिवार राती गते राति करिब ११ बजे वालिङ ५ वाहुनडाँडाका ढालबहादुर लाई कुटपिट गरिएको भन्ने सूचनाका आधारमा वालिङबाट प्रहरी घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्कालै वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारकालागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले राति साढे १ बजे उनलाई मृत घोषणा गरे।’
पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय शाही हुन। प्रारम्भिक अनुसन्धानमा घटना कुटपिटका कारण भएको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।