स्याङ्जा १७ मंसिर । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाले निशुल्क कुखुराका चल्ला बितरण अभियान अन्र्तगत बुधवार ४ वटा वडामा चल्ला सहित दाना बितरण गरेको छ ।
वडा कार्यालयको शिफारिसका आधारमा पुतलीबजार नगरपालिकाले कुखुरा पालक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउदै आएको हो ।
आर्थिक अवस्था कमजोर तथा बिपन्न परिवारलाई लक्षित गर्दै मासु र अण्डा दिने कुखुरा बितरण गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी गराउनुभयो । प्रमुख रेग्मीका अनुसार बुधवार पनि वडा नं. ४, ८, ९ र १० वडामा कुखुराका चल्ला र दाना बितरण गरिएका हुन ।
अहिलेसम्म वडा नं. १ देखि १० नम्बर वडामा बितरण गरिसकिएको छ । अवका केही दिनमा बाँकी ४ वडामा पनि यसैगरी बितरण गर्ने अभियानमा छौं । चल्ला सहित दाना प्रदान गर्दै नगरप्रमुख रेग्मीले कुखुराका चल्लाको उचित स्याहारसुसार गरी हुर्काउन किसानलाई सुझाव दिनुभयो ।
सोही कार्यक्रममा वडा नं ८ का अध्यक्ष इमबहादुर सेन, ९ का अध्यक्ष लिलप्रसाद गुरुङ, १० का अध्यक्ष अग्नीप्रसाद पौडेल र ४ का कार्यवाहक अध्यक्ष लिलाबती शर्माले कुखुरा पालेर आयआर्जन बढाउदै आत्मनिर्भर बन्न सकिनेमा जोड दिनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराबाट खरिदगरि ल्याइएका ती कुखुराका चल्ला न्यूह्यापसाइर जातका रहेको र यी कुखुरा स्थानीय कुखुरा क्रसगरि उत्पादन गरिएको चल्ला भएको पुतलीबजार पशु शाखा प्रमुख पुष्पराज अधिकारीले जानकारी गराउनुभयो ।
कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनका अवसरको विस्तार तथा किसानका जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्य नगरपालिकाको छ ।
कुखुरा पालनगरि स्वस्थ्य मासु उत्पादन गरेर आयआर्जन बढाउनुका साथै मासुमा आत्मनिर्भर बनाउनु पालिकाको लक्ष्य रहेको जनाउनुभयो । मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम अन्तर्गत नगरपालिकाका सबेै वडामा कुखुरा चल्ला बितरण गरिने भएको हो ।
