Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्षत्री समाज स्याङ्जाद्धारा क्षत्री दिवस सहित शुभकामना आदानप्रदान
    पुतलीबजार नगरपालिका

    क्षत्री समाज स्याङ्जाद्धारा क्षत्री दिवस सहित शुभकामना आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshOctober 4, 2024Updated:October 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १८ असोज । क्षत्री समाज नेपाल स्याङजा शाखाले शुक्रवार क्षत्री दिवस मनाएको छ । समाजले घटस्थापनाका दिन अर्थात नवरात्रको पहिलो दिनलाई स्थापना दिवसका रुपमा मनाउदै आएको छ । दिवस संगै समाजले नजिकिदै गरेका बिभिन्न चाडपर्वको समेत शुभकामना आदानप्रदान गरेको छ ।

    पुतलीबजार नगरपालिका ३ स्थित निर्माणाधीन भवनमा आयोजित दिवसको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नागरिकका हक, अधिकार र स्वतन्त्रताका पक्षमा अग्रसरता लिने क्षत्री समुदायको योगदान उल्लेख्य भएको बताउनुभयो । क्षत्री जातीको बहादुरीताका बारेमा स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चा हुने गरेको जनाउदै मुलुकका हरेक राजनीतिक एवं सामाजिक कार्यमा यस समुदायको सहभागिता हुदै आएको उहाले भन्नुभयो । नवनिर्मित भवन निर्माणका लागि नगरपालिकाकातर्फबाट आफुले यसअघि पनि सहयोग गरेको र आउदा दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

    कार्यक्रममा क्षत्री समाजका केन्द्रिय सदस्य प्रेम केसी, स्याङजाका संस्थापक अध्यक्ष शेरजंज अधिकारी, गण्डकी प्रदेश सदस्य खिमबहादुर क्षेत्री, सल्लाहकार नरबहादुर केसी, वडा नं. ३ का सदस्य सोमबहादुर कुवर, महिला विभाग अध्यक्ष तीलकुमारी रोका, रेडक्रस सोसाइटीका अध्यक्ष दिनेश अर्याल, समाजसेवी एवं युवा नेता भरतप्रसाद लम्साल, फेदिखोला गाउपालिका अध्यक्ष ताराबहादुर क्षत्री लगायतले क्षत्री जातिको पहिचानसंगै आफना कला, संस्कृति र परम्परालाई जोगाउन आफना भेषभुषा र संस्कृतिको रक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।

    क्षत्री समाज स्याङ्जाका अध्यक्ष सीता गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भूमिजंग केसीले स्वागत एवं सचिव बलबहादुर गोदारले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा संस्थापक अध्यक्ष भूमिजंग केसी, कुलबहादुर केसी, दुर्गाबहादुर क्षत्री, बालकुमारी क्षेत्रीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी तुलसीराम रेग्मी र समाजका अध्यक्ष सीता गोदारले दोसल्ला सहित सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

    यसैगरी, क्षत्री समाजले पुतलीबजार नगर अधिवेशन समेत सम्पन्न गरेको छ । अधिवेशनले टेकबहादुर केसीको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति गठन भएको छ । समितिको सचिवमा भूपेन्द्र पौडेल क्षेत्री लगायत १४ वटै वडालाई समेट्नेगरि समिति निर्विरोध निर्वाचित गरिएको क्षत्री समाजका जिल्ला सहसचिव राजेन्द्रकुमार भण्डारीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.