Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    Syangja SandeshBy Syangja SandeshMay 25, 2025Updated:May 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ जेठ । पुतलीबजार नगरपालिका ८ बहाकोटमा आइतवार ७५ औं क्रान्ति क्रान्ति दिवस मनाइएको छ ।

    बहाकोट भन्ज्याङ्मा भएको आक्रमण बिरुद्ध यहाँका मुक्ति सेनाको साहसिक कार्यको स्मरण गर्दै प्रत्येक बर्षको जेठ ११ गतेका दिन यहाँ क्रान्ति दिवस मनाउने गरिन्छ ।

    तत्कालिन राणा शासक फौजको आक्रमण बिरुद्ध मुक्ति सेनाको प्रतिकारबाट भगाउन सफल भएको स्मरण गर्दै बर्षेनी जेठ ११ गतेका दिन यहाँ क्रान्ति दिवस मनाउने गरिएको हो ।

    जहानिया राणा शासनका बिरुद्ध र प्रजातान्त्रिक शासन ब्यवस्था स्थापनार्थ नेपाली कांग्रेसले खडा गरेको मुक्ति सेनालाई परास्त गर्ने उदेश्यले २००७ जेठ ११ गते राणा फौजले बहाकोटमा आक्रमण गरेको थियो । त्यसबेला मुक्ति सेनाको कमाण्डर होबिर आले थिए । आलेको नेतृत्वमा क्रान्ति सुरु भएको थियो । उनका पछिपछि स्थानीय महिलाहरु गौकुमारी मल्ल लगायतका धेरै महिलाहरु पनि क्रान्तिमा होमिएका थिए ।

    होबिर आलेको अभियानलाई यहाँका स्थानीयबासी दुतप्रसाद गुरुङ, थानबहादुर सिंह, गौकुमारी मल्ल, कोठे सार्की लगायत दर्जनौं ब्यक्तिको समूह प्रतिकारमा उत्रेर विपक्षी फौजलाई भगाउन सफल भएको स्मरण गर्दै सोही दिन पारेर आइतवार सांस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिताको आयोजना गरिएको छ ।

    भन्ज्याङ्मा निर्मित आलेको अर्दकदको मूर्तिमा माल्यार्पण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले होविर आलेको साहस, योगदान, बलिदानलाई राष्ट्रले स्मरण गर्नुपर्ने बताउनुभयो । आलेले प्रजातन्त्र र लोकतन्त्रका कुशल संगठक रहेको जनाउदै रैतीबाट नागरिक बनाउने अभियानमा आलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    प्रजातन्त्रका निम्ति आफनै जीउ धन नै अर्पण गर्ने होविर आले लगायतका वीर विरंगानाको योगदानलाई कसैले पनि बिर्सन नहुनेमा जोड दिनुभयो । आले बहाकोटको मात्र नभई राष्ट्रकै योद्धा एवं क्रान्तिकारिक नेता भएको बताउनुभयो ।

    नेपाली नागरिकका स्वतन्त्रताका लागि राणा शासन बिरुद्ध पहिलो पटक आवाज उठाएका र आलेको स्मरण गर्दै होबिर आलेको नेतृृत्वमा अघि बढेको क्रान्तिले सफलता पाएकोमा जोड दिनुभयो ।

    यसैगरी, आलेका छोरा भुतपूर्व सैनिक संघ केन्द्रीय सहअध्यक्ष क्या. मोतीप्रसाद आले, नेपाली कांग्रेस महासमिती सदस्य सीता गोदार, नगर सभापति सुरजकुमार अधिकारी, नु वहाकोट बिधालय ब्यबस्थापन समितीका अध्यक्ष भक्तबहादुर मल्ल, कांग्रेस वडासचिव गौतम सिंह ठकुरी, नेकपा माओवादी केन््रद्रका धनबहादुर सेन, वडा सदस्य रवि सेन, समाजसेवी धिरज खाँण, शिक्षक सुनिता आले लगायतले होविर आले र बहाकोटको क्रान्तिका बारेमा जानकारी गराउदै आलेको योगदानको चर्चा परिचर्चा गर्नुभयो ।

    वडा न ८ का अध्यक्ष इम बहादुर सेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य टोलमाय थापाले स्वागत र वडा सचिव परशुराम अधिकारीले संचालन गर्नुभएको थियो ।

    मुक्ति मोर्चाका कमाण्डरको स्मरण गर्दै आक्रमण स्थल बहाकोटको भन्ज्याङ्मा होविर आलेको अर्धकदको मूर्ति राखिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.