Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » केपी ओलीको पक्षमा स्याङ्जा एमाले
    समाचार

    केपी ओलीको पक्षमा स्याङ्जा एमाले

    Syangja SandeshBy Syangja SandeshAugust 19, 2025Updated:August 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ भदौ । नेकपा एमालेको बिधान महाधिवेशनका सन्दर्भमा जिल्ला स्थित सो पार्टीका नेता तथा कार्यकर्ताहरुको राय संकलन गर्ने उदेश्यले सोमबार यहाँ आयोजित चौथो जिल्ला बैठकमा बहुसंख्यकले केपी ओलीको नेतृत्व पार्टीलाई अझै आवश्यक भएको राय प्रकट गरेका छन् ।

    बैठकको उदघाटन गर्दै पार्टीका केन्द्रीय सचिव पदमाकुमारी अर्यालले प्राप्त उपलब्धिको रक्षा गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्न, जबजको नीतिलाई तल्ला कमिटीसम्म प्रभावकारी ढंगले विस्तार गर्न र पार्टी संगठनलाई चुस्त बनाई मुलुकको पहिलो पार्टी बनाउन केपी ओलीको नेतृत्व अझै आवश्यक भएको स्पष्ट पार्नुभयो ।

    ठूलो मूल्य चुकाएर पार्टीलाई यहाँसम्म ल्याउन केपी ओलीको महत्वपूर्ण देन रहेकोे अर्यालको कथन थियो । जसले पार्टीमा बिखण्डन ल्याउन, गुटउपगुट निर्माण गर्न र संगठनलाई नकरात्मक सन्देश प्रवाह गरेर नेता तथा कार्यकर्तालाई दिग्भ्रमित पार्दछ, उ आफैं सकिन्छ ।

    पूर्वराष्ट्रपतिका सन्दर्भमा स्पष्ट पार्दै सचिव अर्यालले भन्नुभयो — ‘गणतन्त्रको प्रतीक, संबिधानको संरक्षक र सेनाको परमाधिपति भै सकेको ब्यक्ति पार्टी भन्दा माथि हुन्छ, विवादमा तान्नु हुदैन । ’ राष्ट्रको सम्पतिको रुपमा रहेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई जवरजस्त पार्टी राजनीतिमा ल्याउन खोज्नु उनकै लागि पनि प्रत्युत्पादक हुन्छ ।

    पार्टी अध्यक्षको उमेर हद र कार्यकाल बारे पनि पार्टीले खुला गरेको र केपी ओलीको विकल्प नरहेको पदमाको दावी थियो ।
    गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले भन्नुभयो ।— “जबजका प्रवर्तक मदन भण्डारी एमालेको सम्पति हो । यसमा कसैको बण्डा लाग्दैन । पूर्व राष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै उनले थपे, मदन भण्डारीको पैतृक सम्पतिमा दावी गर्न मिल्छ, जबजमा होइन ।”

    एमाले अध्यक्ष सूर्यप्रसाद गैरे पारसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सल्लाहकार परिषदका केन्द्रिय सदस्य महेन्द्र थापा मगर, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सीता सुन्दासले पनि पूर्वराष्ट्रपतिलाई विवादमा तान्न नहुने र ओली नेतृत्वको विकल्प खोज्न पनि नहुने कुरामा जोड दिएका छन ।

    जिल्ला कमिटी उपाध्यक्ष महेश पुरीको स्वागत र सचिव रामचन्द्र भट्टराईले संचालन गरेको बिधान मस्यौदा माथिको छलफलमा सहभागी बक्तालाई ३÷३ मिनटको समय उपलब्ध गराइएको थियो ।

    सुझाव संकलनका लागि आयोजित सो कार्यक्रममा टिपोट गरिएका बहस नोटलाई एकिकृत सुझावको रुपमा यही भदौ १० गतेभित्र केन्द्रमा पठाईने छ । पार्टीका २६ जना जिम्मेवार नेता तथा कार्यकर्ताले खुलेर छलफलमा सहभागिता जनाएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.