स्याङ्जा १८ फागुन । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित प्रदेश स्तरको सातौं स्याङ्जा महोत्सवमा आइतवारदेखि सकिएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा संचालित महोत्सव झण्डै २ साता संचालन गरिएको थियो ।
फागनु ६ गतेदेखि संचालन गरिएको महोत्सवको समापन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले यहाँका किसान र ब्यवसायीका निमित्त महोत्सव कोशेढुंगा भएको बताउनुभएको छ ।
पुतलीबजार नगरपालिका कृषि तथा फलफूल उत्पादनका लागि उपयुक्त भएकाले यहाका किसानलाई लक्षित गर्दै किसानलाई आवश्यक परेमा बजारीकरणको ब्यवस्थापन समेत नगरपालिकाले गरिदिने बताउनुभयो । नगरपालिकाको फोहोरमैला र कोल्ड स्टोरका लागि नगरपालिकाले आउदा दिनमा पनि अझ ब्यवस्थित रुपले काम गर्ने बताउनुभयो ।
कृषि उत्पादन बढाउन नगरपालिकाले कृषि आधुनिकीकरणका सामाग्री किसानलाई उपलब्ध गराउनेगरि बिबिध कार्यक्रम समेत अघि बढाएको उहाले भन्नुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, गण्डकी प्रदेश कृषि सचिव बासुदेव रेग्मी, उद्योग वाणिज्य संघका केन्द्रिय पूर्वसदस्य दिपक लम्साल, गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य सहित नगर तथा जिल्लाका बिकासका लागि सबैसंग हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वािणज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रविन केसीले गर्नुभएको थियो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा स्याङ्जा सदरमुकाम स्थित मालेबगरमा सञ्चालित प्रदेश स्तरको सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव फाल्गुन १८ गते अर्म्म चलेको हो ।
यसैगरी, समापन भएसंगै महोत्सवमा सहयोग एवं योगदान पुरयाउनु हुनेलाई सम्मान गरिएको छ । म अवधिर संचालित बिभिन्न प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई नगद पुरस्कार सहित अन्य पुरस्कार प्रदान गरिएको थियो । महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती लगायतका बिबिध मनोरन्जनात्मक कार्यक्रम पनि सकिएका छन् ।