Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    वालिङ् नगरपालिका

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2025Updated:October 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २८ असोज । वालिङ नगरपालिकाका बाख्रापालक कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । बाख्रापालक कृषकको क्षमता बृद्धि र उत्पादन बृद्धि गर्न नगरपालिकाले खोर निर्माणमा अनुदानको व्यवस्था गरेपछि उनीहरु उत्साहित भएका हुन् ।

    वालिङ नगरपालिकामा सञ्चालित “वालिङ कृषि विकास परियोजना” अन्तर्गत बाख्राको खोर निर्माण गरिएको छ । साना किसान तथा महिलालाई उद्यशीलतामा जोड्ने उद्देश्यले सुरु भएको कार्यक्रम मार्फत कृषकले अनुदानमा खोर निर्माण गरेका हुन् । कृषकले खोर निर्माणमा नगद ३० हजार अर्थात कुल लागतको ५० प्रतिशत अनुदान पाएको परियोजनाले जनाएको छ ।

    नगरपालिकाका वडा नं.–१, २, ३, ४, ५, ६ र ७ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका छन् । वडा नं. ६ का स्थानीय बाख्रापालक कृषक सीता कामीले अनुदानमा खोर निर्माण गर्न पाएपछि आफूहरु उत्साहित भएको बताईन । अनुदानमा आधुनिक तथा व्यवस्थित खोर निर्माणपछि बाख्रा पालनप्रति स्थानीय कृषकको आकर्षण समेत बढेको छ ।

    बाख्रापालनको लागि राम्रो वातावरण भएको वालिङ नगरपालिकामा ९० वटा आधुनिक खोर निर्माण गरिएको नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले जानकारी दिए । आधुनिक खोर निर्माणले बाख्रापालक कृषकलाई सहज भएको उनले बताए । सुविधा सम्पन्न खोरमा बाख्रापालन गर्दा रोगको सङ्क्रमण कम हुनुको साथै उत्पादन र उत्पादकत्व बृद्धि हुने डाक्टर बस्यालले सुनाउनुभयो ।

    ख्रापालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणको भनाई छ । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन ल्याउने पालिकाको योजना अनुरुप काम भईरहेको खाँणले बताए । परियोजना अन्र्तगत झण्डै एक हजार घरपरिवारले बाख्रापालन गर्दै आएका छन् ।

    पहिलो चरणमा बनेको खोर देखेपछि कृषकहरु आधुनिक खोर निर्माणतर्फ आकर्षित भएको वडा नं.–५ का वडा अध्यक्ष छवी आलेले बताए । ‘खोर निर्माण गर्नुपर्छ भन्दा पहिले चासो नदेखाएका कृषकहरु पछिल्लो समय लौन न हाम्रो पनि खोर बनाउनु प¥यो भन्दै आएका छन् ।’ खासगरी बाख्रापालनमा महिलाहरु आकर्षित भएको उहाले सुनाउनुभयो ।

    कृषकको माग र आवश्यकताका आधारमा आधुनिक खोर निर्माण गरिएको परियोजनाले जनाएको छ । वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक र प्राविधिक सहयोग तथा स्थानीय दियालो संस्थाको व्यवस्थापनमा सञ्चलिन परियोजनाले साना किसान र महिलाहरुलाई आयआर्जन र उद्यमशीलतामा जोड्ने काम गर्दै आएको छ ।

    ३ वर्षसम्म संचालनमा रहने परियोजनामा ५२ कृषक समूहमा झण्डै १४ सय घरपरिवार आबद्ध भएको परियोजाले जनाएको छ । महिला बाहुल्य रहेका समूह मार्फत स्थानीयले बाख्रा, गाईभैसी कुखुरापालन र तरकारी खेती गर्दै आएका छन् । परियोजनामा आबद्ध कृषकलाई उत्पादनमा आधारित अनुदान समेत दिने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.